रामेछाप नगरपालिका वडा नं ९ राताटाहार बासीहरुलाइ पर्याे ठुलो बज्रपात,

२०८० चैत्र १८ गते, आईतवार

प्राथना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु नै माहान हुन्छन्  गत चैत्र १ गते बिहिवार रामेछाप नगरपालिका  वडा नं ९ टाहारमा भिषण आगलागी भएकाे थियोे । हरदेनिकाे जंगलमा लागेको आगाे हावाहुरीकाे कारणले राताटाहार बासीहरुकाे जिवनमा ठुलो बज्रपात ल्याएको थियो ।

बिहीबार दिउँसो राताटार स्थित हरदेनि सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा १३ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । उक्त आगलागीबाट एक करोड ८६ लाख ३१ हजार बराबरको क्षति भएको थियो । आगोलागिबाट १३ घरपरिवारका ८५ जनाभन्दा बढी विस्थापित भएका छन् आगलागी दिउँसो समयमा लागेको हुनाले मनविय क्षति भने भएको थिएन ।

मानवीय क्षति नभए पनि पशुपन्छी ,लत्ताकपडा अन्नपात र भएको सुन पैसा सबै जलेर नष्ट भएको थियो । बिहिवारकाे दिन हाट पुगेर घर फर्कन नपाउदै राताटाहार बासीहरुकाे सपना एकैछिनमा चक्नाचुर भएकाे थियोे । आगलागी पिडितहरुलाइ विभिन्न संङ्घसंस्थाहरुले आफुले सकेको सहयोग गर्दै आएका छन् ।

आफ्नै गाउँमा आगलागीले ठुलो क्षति गरेपछि थोरै भएपनि पीडितको घाउमा मलम पर्टी लगाउने काम गरेका छन त्यहीका सहयोगी बासिन्दाले थाेपा थाेपा मिलेर सागर बन्छ  भनेझै   राताटाहार गाँउबाट कामकाे शिलिशलामा काठमाडौं बस्ने एक एक  ब्यक्तिहरुबाट आर्थिक सकलन   गरि जम्मा   एक लाख चाैध हजार नाै सय पचास रुपैया भएको थियाे ।

 उक्त रकम आज ( आईतवार )   पृथ्वी श्रेष्ठ,प्रेम कुमार श्रेष्ठ,(क)रामकाजि श्रेष्ठ,प्रेम कुमार श्रेष्ठ(ख) ,मदन श्रेष्ठ र घना माया श्रेष्ठको  प्रतिनिधित्व १३ घरधुरी लाई नगद वितरण गरेकाे हाे । एक घरलाइ प्रति ब्यक्ति ८८०० काे दरले १,१४,४००  बितरण  गरि बाकि खुद्रा रकम २ जना वृद्धआमाहरुलाइ  दिएकाे स्थानीय बासिन्दा घना माया श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon