नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवस भव्य र सव्य रुपमा सम्पन्न

२०८१ जेष्ठ १३ गते, आईतवार

नेपाल प्रेस युनियन रामेछापले आज ( आईतवार ) ३३ औँ स्थापना दिवस वर्तमान अवस्थामा मिडियाको भूमिका र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम मनाएको छ । अन्तर्क्रिया कार्यक्रममा पत्रकारहरूले सञ्चार क्षेत्रको अवस्था नाजुक हुँदै गएको भन्दै आ-आफ्ना भनाइहरु व्यक्त गरेका थिए   ।

प्रेस युनियन रामेछापका जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षता भएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का (कार्की)ले लोकतन्त्रको पहरेदार पत्रकारहरूले सधैँ देश र नागरिकको पक्षमा वकालत गर्नु पर्ने बताउनुभयो ।  समन्वय प्रमुख कार्कीले सबै खाले मिडियाले सत्य तत्थ्य समाचाहरु बाहिर ल्याउनु पर्ने र व्यक्तिगत रिस लिएर गलत समाचारहरू प्रकाशन र प्रसारण गर्न नहुने आग्रह गर्नुभयो

। कार्यक्रमका विशिष्ट अतिथि लेख बहादुर कार्कीले सञ्चार क्षेत्र सेवा प्रदायक हरूको पहरेदार भएकोले राज्य र उनीहरूका संरचनाहरूले गर्ने कामका बारेमा नियमित रूपमा खबरदारी गरिरहनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै मन्थली नगर प्रमुख लव श्रेष्ठले लोकतन्त्र प्राप्तिका लागि मिडियाले खेलेको भूमिकाको प्रशंसा गर्दै सबै सञ्चार माध्यमहरू मिलेर पालिका हरूमा कार्यक्रम लिएर आउने हो भने त्यस्ता खालका कार्यक्रमहरू दिन कुनै समस्या नहुने बताउनुभयाे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँ घरे, पूर्व अध्यक्ष हिमाल ढुङ्गेल ,फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल प्रेस युनियन रामेछापका निवर्तमान अध्यक्ष अप्रिल अधिकारी, ट्रेड युनियन काँग्रेसका सचिव मोतीलाल लामा, प्रेस चौतारी नेपाल वाग्मती प्रदेशका सदस्य लेख बहादुर बिक, प्रेस युनियनकि केन्द्रीय सदस्य रिता मगर,प्रेस युनियनकी निवर्तमान उपाध्यक्ष निरु थापा लगायतले लोकतन्त्र प्राप्तिका लागि सञ्चार माध्यमहरूले खेलको भूमिका को चर्चा गर्दै वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका र चुनौतीका बारेमा आ -आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon