रामेछापकाे सुकाजाेरमा एक दिने सामुदायिक सरकारी वकिल एवम् कानुनी सचेतना कार्यक्रम सम्पन्न,
रामेछाप
“अभियाेजनामा सुधार र व्यावसायिक विकास” भन्ने मुल नाराकाे साथ आज ( शनिबार ) महान्यायाधिवक्ताकाे कार्यलय रामशाहपथ काठमाडौंकाे आयाेजकमा रामेछाप नगरपालिका वडा नं ७ सुकाजाेरमा एक दिने सामुदायिक सरकारी वकिल एवम् कानुनी सचेतना कार्यक्रम संचालन भएको थियो
नायब गाेपाल प्रसाद रिजाल महान्यायाधिवक्ताकाे अध्यक्षतामा कार्यक्रम भयो थियो । कार्यक्रममा प्रमुख अतिथि लव श्री न्याैपाने,प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरे, कानुनी सल्लाहकार लाेकहरी दाहाल,वडा अध्यक्ष समीर कार्की, वडा नं ८ का अध्यक्ष सन्तोष तामाङ, शिक्षक, डिभिजन वन कार्यलयका प्रमुख ,मेलमिलाप सहजकर्ता, पत्रकार, जनप्रतिनिधि वडा नं ७ का कर्मचारी कम्प्युटर अप्रेटर भागवत कुमार श्रेष्ठ लगायत वडा नं ७ का दिदीबहिनी,दाजुभाइहरुकाे उपस्थिति थियोे ।
कार्यक्रममा आफ्ना भनाइहरु राख्दै समीर कार्कीले भन्नुभयाे निदाएको मान्छेलाई बिउझाउन सजिलो छ तर निदाकाे जस्तो गर्ने मान्छेलाई विउझाउन गार्हो हुन्छ । सम्पूर्ण कुरा थाहा नभए पनि थाेरै थाेरै सबैलाई थाहा छ तर केही थाहा नै नभएको जस्तो गर्नु राम्रो हैन । मलाई यतिसम्म थाहा छ याे भन्दा पछि के हाे भनेर जिज्ञासा राख्नु चाहिँ महान हाे ।भन्दै आयाेजक टिमलाई वडा र सिङ्गो नगरपालिकाकाे तर्फबाट हार्दिक धन्यवाद दिनुभयो ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि लव श्री न्याैपानेले संसारमा सबैभन्दा ठूलो कुरा आफुले गरेको पापकाे पश्चताप आफैले गर्न सक्यो भने त्यो भन्दा ठुलो माहनता केही हुदैन । तपाईंहरुलाई के कुरा गर्न हुन्छ के कुरा गर्न हुदैन भन्ने ख्याल सबैमा छ । त्यतिखेर मात्र तपाईंलाई याद हुन्छ जतिखेर आफू आवेशमा आईन्छ । कसैलाई केही भैदियाे भने अनि थाहा हुन्छ म गलत रछु भन्ने कानुनी समुदायले बनाकाे हाे । कानुनकाे कार्यनयन गर्ने अधिकार पनि हरेक नागरिकलाई छ । एउटा अपराध लुकाउन दसवटा अपराध गर्नुपर्छ अनि सबै तिर अपराध नै अपराध हुन्छ । त्यसैले पहिलो कुरा आफुले अपराध नगराैँ र आफुले अपराध नगरेपछि अपराध नै हुदैन। एकले अर्कोलाई सम्मान गर्दै भाईचारकाे सम्बन्ध राख्यो भने न कतै अपराध बढ्छ न कसैसँग नराम्रो नै हुन्छ भन्दै आफ्नो भनाईहरु राख्नुभएको थियोे ।
अन्तरक्रिया कार्यक्रममा महत्त्वपूर्ण प्रश्नहरु र जिज्ञासा उठेका थिए । यिनै उठेको प्रश्नहरुलाइ बुझाउदै नायब गाेपाल प्रसाद रिजालले कानुनकाे बारेमा सबैलाई स्पष्ट हुनेगरि बुझाउनु भयो अपराधकाे सुचना दिने व्यत्तिले आफ्नो पहिचान खुलाउन नचाहेमा गाेप्प राखेर अपराधकाे केश अगाडि बढाउन सकिने सम्म जानकारी दिनुभयो । अपराध गर्ने मात्र अपराधी हुदैन अपराध लुकाउने मान्छे झन धेरै अपराधी हुन्छ भन्दै कार्यक्रम समापन गर्नुभयाे ।








