लाेकल गाइकाे गाेबरबाट बन्ने भयो औषधि ,
२०८१ असार २७ गते, बिहीबार
काभ्रे
ढुन्डु शाहकाे सभापतित्वमा धुलिखेल नगरपालिका वडा नं १० शारदा बतासेकाे ठकुरी छापमा हिजो ( बुधबार ) गाैधुप र गाै औषधि बनाउने एक दिने तालिम समापन भएको छ ।
लोकल जात को गाईकाे गाेबर हामीले मलको रुपमा मात्र प्रयोग गर्दै आएका थियौ याे गाेबरबाट हामी गाैधुप र विभिन्न थरिकाे औषधि बनाएर मनग्ये आम्दानी पनि गर्न सकिने बताउनुहुन्छ वडा नं १० का वडा अध्यक्ष गाेबिन्द भण्डारी ।
तालिममा गौ संरक्षण अभियान का अभियान्ता स्मृति राणा र यसोदा भेट्वाल, पसुपती अन्नपूर्ण आस्रमका अध्यक्ष डा केबि सम्राट, वडा नं १० का वडा अध्यक्ष गोबिन्द भण्डारी, वडा सदस्य, पत्रकार लगायत वडा नं १० का महिलाहरुकाे उपस्थितिमा तालिम समापन भएको थियोे ।








