जिल्ला अस्पताल सिन्धुलीमा बिरामीहरुलाई फलफुल बितरण,
सिन्धुली ।
जिल्ला अस्पताल सिन्धुलीमा आज (आइतबार ) नेपाली कांग्रेसका संस्थापक विशेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवसमा देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको स्मरण गरिएकाे छ ।
बिपी विसं १९७१ भदौ २४ गते जन्मिनुभएको थियो । २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ मत प्राप्त गरेपछि उहाँ देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले उहाँलाई अपदस्थ गरी पञ्चायती व्यवस्था लागु गरेपछि उहाँ आठ वर्ष जेल बस्नुभयो । रिहा भएपछि उहाँ निर्वासनमा भारत जानुभयो । २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर उहाँ स्वदेश फर्किनुभयो । राणाशासनदेखि पञ्चायती व्यवस्थासम्म अनवरत सङ्घर्ष गर्नुभएका कोइराला क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।
उहाँको निधन २०३९ साउन ६ गते भएको हो । नेपाल बिद्यार्थी संघ सिन्धुलीको आयोजनामा स्मृति दिवसको अबसर पारेर जिल्ला अस्पताल सिन्धुलीमा उपचारार्थ ३३ जना बिरामीलाई फलफुल बितरण गरिएको नेबि संघ सिन्धुलीका सभापती भरत बिकले जानकारी दिनुभयो। नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलको विशेष उपस्थिति तथा पार्टीका विभिन्न तहका पदाधिकारी, विभिन्न भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख एबम प्रतिनिधीको उपस्थितिमा बिरामिलाई फलफुल बितरण गरिएको हो ।







