नेवार समुदायको लाखेनाच आजदेखि सुरु,
“हाम्रो कला हाम्रो सस्कृती हाम्रो पहिचान कला र सस्कृतीको संरक्षण गर्ने हाम्रो अभियान” भन्ने मुख्य उदेश्यका साथ रामेछाप नगरपालिकाकाे वडा नं ८ भंगेरीमा आज ( साेमबार) लाखेनाच सुरु गरिएको हाे ।
जनै पुर्णिामाकाे दिन देखि श्रीकृष्ण जन्मास्टमीको दिन सम्म भङ्गेरी श्रेष्ठ समाज (नेवार समुदाय ) ले बिगतका बर्षहरु मा झै यस बर्षपनि लाखेनाच निकालेकाे हाे । २००९ सालदेखी निरन्तर रुपमा भंगेरीका नेवार समुदायले लाखे नाच प्रदर्शन गर्दै आएका छन ।
यस बर्ष ५ गते हिले जात्राको दिन र १० गते श्रीकृष्ण जन्माष्टमीका दिन विशेष सांस्कृतिक कार्यक्रम सहित लाखे नाच देखाउन लागिएको भंगेरी श्रेष्ठ समाजका उपाध्यक्ष कुवेर श्रेष्ठले जानकारी दिनुभयो । भदौ ५ गते भंगेरी धारापानी शिवमन्दिर,भिमसेनस्थान,मानेँडाँडामा लाखे नाच देखाईने छ ।
विभिन्न जात जातिको प्रतिनिधित्व गर्दै विभिन्न जात जातिको भेष भुषामा नृत्यहरु प्रस्तुत हुनेछ बिशेषत लाखेनाच ,नेवारी नृत्य ,तामाङ सेलो,शेर्पा नाच, मगर नाच , माझीनाच, राई को भेष भुसामा राई नाच, लाहुरे लाहुरिनीको नाच नेवार समुदायको प्रख्यात लौरोनाच अर्थात टाकटुके नाचहरु प्रदर्शन हुनेछ
भदौ १० गते श्रीकृष्ण जन्माष्टमीका दिन पालेवन,रामेछाप माथिल्लो बजार,खड्ग दल गणको व्यारेक,रामेछाप नगरपालिकाको प्राङ्गण,मानेँडाँडा,भंगेरी भिमसेनस्थान र धारापानी शिवमन्दिरमा विशेष सांस्कृतिक कार्यक्रम सहित लाखे नाच देखाउने कार्यक्रम रहेको छ । राती १० बजे झगडे चौर भंगरीमा लाखे बद्य गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।







