गाेलन्जाेर गाउँपालिकामा दुई दिने स्वास्थ्य शिविर कार्यक्रम संचालन,

२०८१ भाद्र २८ गते, शुक्रबार

गाेलन्जाेर गाउँपालिका र संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालय,निजामती कर्मचारी अस्पताल काठमाडौंकाे संयुक्त आयोजना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे समन्वयमा संचालित दुई दिने राेग विशेषज्ञ डाक्टर सहितको नि:शुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रम आज ( शुक्रबार ) गाेलन्जाे गाउपालिका ग्वालटारकाे काैशिका मा.वि.मा सुरु भएको छ।

निजामती सेवा दिवस२०८१ काे अवसरमा नेपाल निजामती कर्मचारी संगठन द्वारा आयाेजित स्वास्थ्य शिविर कार्यक्रममा हाडजोर्नी तथा नशा राेग सेवा,जनरल मेडिसिन सेवा,स्त्री तथा प्रस्तुति राेग सेवा,छाला राेग सेवा,जनरल सर्जरी सेवा,दन्त राेग सेवा,मनाेराेग सेवा,बाल राेग सेवा,आँखा राेग सेवा,फेमिली मेडिसिन सेवा,फिजियाेथेरापी सेवा,इ.सि.जी.सेवा,भिडियो एक्सरे सेवा,औषधि वितरण सेवा (फार्मेसी सेवा ) रगत परिक्षण सेवा (ल्याव सेवा ) एक्सरे सेवा,साधारण शल्यक्रिया सेवाहरु उपलब्ध गराईने छ ।

कार्यक्रममा पालिका अध्यक्ष शंकर राज बराल,उपाध्यक्ष ज्वाला न्याैपाने( पुकार ) प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चाैधरी,स्वास्थ्य शाखा प्रमुख विरेन्द्र शाह सहित स्वास्थ्यमा कार्यरत सम्पूर्ण कर्मचारी,वडा अध्यक्षहरु, पत्रकार र गाेलन्जाेर गाउपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुकाे सहभागीता थियो ।

स्वास्थ्य शिविर उद्घाटन कार्यक्रम गाेलन्जाेर गाउपालिकाका अध्यक्ष शंकर राज बरालकाे अध्यक्षतामा भएको थियो । उहाँले भन्नुभयो राेग सबै मान्छेलाई लाग्छ के राेग लागेको छ भनेर जानकारी पाउनु सबैभन्दा ठुलो कुरा हाे । याे शिविरमा धेरै भन्दा धेरै सेवा लिनुहुन्छ भन्ने ठुलो अपेक्षा राखेको छु । भन्दै उद्घाटन कार्यक्रम समापन गर्नु भएको थियोे ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon