मरिण गाउँपालिका सिन्धुलीका अध्यक्ष बिमर्श भुक्तान सँग गरिएको कुराकानी
१ : आर्थिक वर्ष २०८०/ २०८१ मा कति कामहरू सम्पन्न भए,कति सम्पन्न हुन बाकी छन र सम्पन्न हुन बाकी भएका कामहरू कसरी संचालन गर्दै हुनुहुन्छन ?
आर्थिक वर्ष ०८/०८१ मा स्थानीय तहबाट निर्माण गरिएको याेजनाहरु सबै जस्तो हामीले सम्पन्न गरेका छाैँ । संघ र प्रदेशबाट आएको याेजना तथा बजेट कार्यक्रम पनि हामीले अधिक्तम् सम्पन्न गर्ने काेसिस गरियो र केही याेजनाहरु हामीले बहुवर्षे गर्नुपर्ने याेजनाहरु बाकी छ ।त्यो म्याद थप गरेर अहिले कार्यनयनकाे चरणमा रहेको छ । समग्रमा जिल्ला भरि हेर्दाखेरि हामी करिब ८६ प्रतिशत खर्च गर्न सफल भएका छाैँ र जिल्लामा हामी प्रथम भयाैँ ।
२ : विकास निर्माणकाे कामहरु के कसरी भइरहेको छ ?के कस्तो विकास भयो तपाईंको पालिकामा ।
विकास निर्माणकाे कामहरु हामीले एकदमै पारदर्शी तरिकाले प्रायः सबै जस्तो हामीले विधुत्तिय ठेक्काबाट काम गरिराखेका छाैँ । उपभोक्त समितिबाट गरेको काम पनि हामीले यसलाई अरु पारदर्शी तरिकाले व्यवस्तिथ ढङ्गले र गुणस्तरीय तरिकाले कार्यनयन गर्ने काेसिस गरेका छाैँ ।अहिले हामीले गरेका विकास निर्माणका कामहरु भनेको मुख्यत सामाजिक न्यायसहितकाे समृद्धि र विकासकाे अभियानलाई नै अगाडि बढाएका छाैँ । त्यसभित्र कतिपय भाैतिक हिसाबले निर्माणकाे कामहरू भकाे छ जस्तै बाटाेघाटाेहरु,भवन निर्माण गर्ने,वडा नं ३ काे वडा कार्यालय भवन यसै वर्ष सम्पन्न भयो र उद्घाटनकाे अन्तिम चरणमा छ । त्यसैगरी दुईवटा बाटोहरु हामीले पक्की बनाएर अगाडि बढीको अवस्था छ । त्यसैगरी १५ वेडकाे अस्पताल निर्माणधिन चरणमा रहेको छ । सामाजिक न्यायसहितकाे विकासकाे क्रममा अगाडि बढ्ने व्यवस्था बद्लिएकाे छ । नागरिककाे अवस्था बद्लिएकाे हुदा हामीले प्रायः जसाे राेगजारमुलक कार्यक्रमहरु तालिमहरु केही न केही आर्थिक हिसाबमा लाभ हुने खालको एउटा कार्यक्रमहरु हामीले गरेका छाैँ । १७४ वटा मुर्रा क्रस पाढी वितरण गरेेका छाैँ । उन्नत जातको बाख्रा,बिउबाेकाहरु,बङ्गुरकाे पाठाहरु,कुखुराको चल्लाहरु पनि वितरण गरिसकेका छाैँ । यसले सकारात्मक प्रभावहरु पर्दै आएको छ ।
३ : शिक्षामा के के कामहरू भयाे ?
शिक्षामा सकारात्मक रुपले हामीले हेर्न पर्छ भन्ने लागेकाे छ । प्रायः विद्यालयमा दर्बन्दी नभएको ठाउँमा हामीले मावि,निमावि,प्रावि दर्बन्दी दिएका छाैँ । बालविकास नभएको ठाउँमा १९ वटा बालविकास नयाँ स्थापना गरेका छाैँ । अरु २८ वटा बालविकासलाइ जुन नेपाल सरकारले दिएको सुविधा भन्दा वढी सुविधा हामीले दिएका छाैँ । नेपाल सरकारले १४ हजार दिएको छ त्यसमाथि थपेर १९३०० पालिकाले दिएको छ । त्यसैगरी टाेलटाेल बस्ती बस्तीमा बालविकास स्थापना गरेका छाैँ । समुदायमा आधारित बालविकास भनेको छ विद्यालयसम्म जान १ घण्टा आधा घण्टा लाग्ने छ भने पनि त्यहीँ गाउँमा नै नहुर्किन्जेल सम्म पढ्नकाे लागि १५/२० जना विद्यार्थी भएपछि त्यहीँ एउटा शिक्षक राखेर बालविकास स्थापन गरेका छाै । नमुनाका माविकाे रुपमा कपिलाकाेट,खर्स्याल माविलाई अगाडि बढाएका छाैँ । आवशिय विद्यालयकाे रुपमा खर्स्याल माविलाई विकास गरेका छाैँ त्यहा अहिले पनि ३०/३५ जना विद्यार्थीहरु एकदम विपन्न,द्वाेन्द पिडित,एकदमै दुख पाएका बालबालिकाहरुलाइ त्यहा नि:शुल्क खान बस्न र पढ्न व्यवस्था मिलाएका छाैँ । त्यसै कुनै ठाउँमा विद्यार्थी नै नभएको विद्यालयलाइ मर्ज गरेर दर्बन्दी नभएको विद्यालयमा दर्बन्दकाे मिलान गर्ने कामहरू गरेको छाैँ शिक्षा क्षेत्रमा आवश्यक पर्ने तालिम प्रशिक्षण देखि लिएर संघीय सरकार संग पनि हामीले डिपिआर नै गरेर अझै ५ करोडकाे बजेट माग गराैँ । गत वर्ष १ करोड हामीले प्राप्त गरिसकेको छाैँ त्यसको कार्यान्वयन भैसकेको छ । याे वर्ष पनि हामीले १ करोड ४० लाख बजेट प्राप्त गरिसकेका छाै त्यो बजेट पनि हामी प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने छाै । प्रदेश सरकारले पनि आर्थिक वर्ष ०८०/०८१ मा ४० लाख बजेट दिएको थियो त्यसको पनि सफल कार्यान्वयन गरिसकेको छाै । यहाँ सम्म आउदा हामीले शिक्षामा निकै प्रयास गरिसकेका छाैँ । यसैक्रममा हामीले बालबालिकाहरुलाइ अझै उत्साह हाेस भनेर कक्षा ११ मा भर्ना हुने छात्राहरुलाइ साइकल वितरण गरेका छाै त्यसैगरी व्याजलर्र पास गर्दा पनि विवाह नगरेका छात्राहरुलाइ उपहार स्वरूप नगद १ लाख दिएका छाैँ यसैले गर्दा शिक्षा क्षेत्र आक्रसित हुन पुगेको छ।
४ : स्वास्थ्यमा के के काम भयो ?
स्वास्थ्य क्षेत्रमा हामीले हेर्दाखेरि यहाको नागरिकलाई स्वास्थ कसरी बनाउन सकिन्छ राेग नै नलाग्ने वातावरण कसरी गर्न सकिन्छ भनेर प्रत्येक वडामा भुगाेलकाे आधारमा कतिपय वडामा २/२ वटा स्वास्थ्य संस्था राखेका छाैँ । कुनै पनि वडामा स्वास्थ्य संस्था छैन भन्ने अवस्था छैन। सबै वडामा १,१ वटा इकाई स्वास्थ्य चाैकी स्थापना गरेर अझै दुर्गम ठाउँ वडा नं २ राताेमाटामा एउटा स्वास्थ्य ईकाइ वडा नं २ कै शिरथाैलिमा अर्को स्वास्थ्य इकाई छ त्यसैगरी वडा नं ३ काे मथाैलीमा र बरुणमा स्वास्थ्य इकाई छ भुगाेलकाे हिसाबले टाढा टाढा भएकोले दुई दुई ठाउँमा स्वास्थ्य इकाई राखिएको हाे ।जेष्ठ नागरिक,एकल महिला द्वाेन्द पिडित लगायतका मानिसहरुलाइ हामीले नि:शुल्क स्वास्थ्य विमाकाे कार्यक्रम अगाडि बढाएका छाैँ। सुत्केरी हुन नसकेको अबस्थामा नेपाल भरि जुनसुकै ठाउँमा जानपरे पनि नि:शुल्क एम्बुलेन्सकाे व्यवस्था गरेको छ त्यतिमात्र नभएर छाेरी जन्माउने आमालाई विभेद नहाेस् भनेर नगद ५ हजार रुपैया दिने कार्यक्रम गरेको छ ।सामाजिक सुरक्षा भत्ता बाड्ने क्रममा कतिपय वडाकाे २,३ ठाउँमा गएर वितरण गर्ने गरेको छ त्यतिबेला एम बि एस डाक्टरकाे नेतृत्वमा स्वास्थ्य जाँच गरि ९८थरिकाे औषधी गाउपालिका,प्रदेश र संघकाे औषधी नि:शुल्क रुपमा वितरण गर्ने र काउन्सिल गर्ने राेग पत्ता लागेको खण्डमा याे ठाउँमा जानुस् भनी रेफरकाे सिफारिस बनाईदिने गरेको छाैँ हाे । हिजोकाे दिनमा एम वि एस डाक्टर भेट्न काठमाडौंका विभिन्न अस्पताल पुग्नुपर्थ्याे तर आज घर घरमा पुगेका छन् यहि हाे सिँँहदरबारकाे सुबिधा घर घरमा भनेको ।
५ : कृषिमा के के काम भयो ?
कृषि क्षेत्रकाे कुरा गर्नु पर्दा अहिले हामीले कृषकहरूकाे उत्पादन भएको वस्तुलाई बजारिकरण कसरी गर्ने भन्ने कुरालाई चिन्तन मनन् गरेर कृषि संकलन गर्ने केन्द्र,चिसान केन्द्र,त्यसैगरी बाख्रा हाेल्डीङयाड निर्माण गर्ने,बृहत बथशाला निर्माण गर्ने कामहरू गरिसकेकाे छ ।एउटा कृषि एम्बुलेन्स पनि खरिद गरेर ठाकुरेश्वर सहकारी संस्था मार्फतबाट संचालन गरेका छाै । बिचाैलिएबाट मुक्त गराउनकाे लागि सिधै किसान सहकारी सँग जाेडिएर खरिद बिक्री गर्ने माध्यम बनाएका छाै।हजारौं बङ्गुरकाे पाठा,भैसीकाे पाढी,बिउबाेका,बाख्रा वितरण गरेको छ । किसानहरुलाइ आवश्यक परेको खण्डमा हामीले अनुदानमा मल,उन्नत जातका विउविजन वितरण गरेका छाैँ बाख्रा पकेट क्षेत्र,मकै पकेट क्षेत्र,धान पकेट क्षेत्र,जुनार पकेट क्षेत्र,सुन्तला पकेट क्षेत्र,निर्माण गरेर कृषि क्षेत्रमा हामी अगाडि बढेको छाैँ
६ : तपाईंको पालिकामा खानेपानीको अवस्था कस्तो छ ? आर्थिक वर्ष ०८०/०८१ मा के के काम भए ?
आर्थिक वर्ष ०८०/०८१ मा वडा नं १,२,४ र ५ मा खानेपानीकाे काम गरेको छाै । अहिलेसम्म आउदा ६० प्रतिशत घरधुरीहरुमा खानेपानीकाे १ घर १ धारा शुद्ध खानेपानी पुगिसकेको छ । अब बाकी ४० प्रतिशत घरधुरीकाे लागि निर्माणधिन अवस्थामा छ ०८१/०८२ मा पुग्दा ८० प्रतिशत खानेपानी पुग्छ र ०८३/०८४ मा पुग्दा १०० प्रतिशत अथवा सबै घर घरमा १ घर १ धारा नि: शुल्क खानेपानी उपलब्ध गराउदै अहिले मुहानबाट पानी नआउने भएकोले लिफ्ट गर्नु पर्ने हुन्छ । लिफ्ट गर्दाखेरि महगो पर्न सक्छ त्यो कुरालाई मध्यनजर गरेर महगो पर्दा त्यो आयोजना फेलेर हुने कुरालाई ध्यान दिदै गाउँपालिकाले लिफ्ट गर्दा माेटरमा चलाउदा लाग्ने बिद्युुुतकाे महसुस पालिकाले भुक्तानी गरेर मरिण गाउपालिका बासीहरुलाइ नि: शुल्क खानेपानी वितरण गर्ने प्रतिबद्धता गरेको गर्दछु ।
७ : विपत व्यवस्थापनमा के के काम भयो ? विपतकाे जाेखिम कत्तिको छ तपाईंको पालिकामा ?
विपत व्यवस्थापनमा हामीले तत्कालै जेसिवि ,ट्याक्टरहरु रहेको अबस्थामा हामी सँग भएको स्राेत साधन प्रयोग गरेर उद्वार गर्ने कामहरू,संरक्षणका कामहरु,तत्कालै थप क्षति नहुनका लागि राेकथामका कामहरू गर्दै आएका छाै । हाम्रो पालिकाकाे भाैगाेलिक बनावट अलि भिरालो भएको हुनाले पहिलो जाने सम्भावना बढी छ त्यसैले तारजाली अलि बढी लाग्ने भएकोले हामीले २० लाख भन्दा बढीको तारजालिहरु स्टक राखेका थियौ । त्यो वितरण गराै फेरि पनि थप तारजालि माग गरिएको छाै यसैगरी हामीले संरक्षणका कामहरू गरेका छाै विपत प्रतिकार्यकाे लागि एउटा छुट्टै कार्यालय विपत प्रतिकार्य कार्यालय स्थापना गरेर नै हामी अगाडि बढेका छाै । त्यहीँ अनुसार हामीले उद्वार र राहतकाे काम गर्दै आएका छाै ।
८ : आगामी याेजनाहरु के कस्तो बनाउनुभकाे छ ? अबका दिनमा के कस्तो काम हुन्छन् त तपाईंको पालिकामा ?
आगामी रणनीति के छ भने पाच वर्ष भित्रमा प्रत्येक वडामा पक्की सडक पुग्ने छ त्यही लक्ष्य अनुसार हाम्रो काम अगाडि बढीरहेकाे छ ।अहिलेसम्म डाेजर विकास अथवा ट्याक खन्ने विकास गर्याैँ त्यो ट्याकलाई अझ दिगो बनाउन र हिउद वर्षा चल्नेखालकाे बाटो निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ त्यसैगरी सुकुम्बासी, भुमिहिन,दलितहरुलाइ लालपुर्जा वितरण गर्ने उदेश्य रहेको छ त्यहीँ अन्तर्गत हाम्रो कामहरु अहिले निशाह वितरण गर्ने काम नापजाँच गर्ने काम र लालपुर्जा उपलब्ध गराउनकाे लागि सिफारिस गर्ने काम हामीले गरिसकेको अवस्था छ ०८२ सालभित्रमा हाम्रो गाउपालिकालाइ उज्यालो गाउपालिका र लाेडसेडिङ मुक्त पालिका घाेषणा गर्ने उदेश्य राखेका छाै । यहि दशै अगाडि नै वडा नं ५ मा उज्यालो वडा घाेषणा गर्ने क्रममा छाै । यसैगरी क्रमश एकपछि अर्को आधारभूत आवश्यकता पूरा गरेर अगाडि बढ्ने हाम्रो लक्ष्य छ ।
९ : बिकासकाे काम गर्ने क्रममा बाहिरी दबाब कत्तिको आउने गरेको छ ?
काम गर्ने क्रममा बाहिरी दबाब आएको छैन अहिलेसम्म र आउदैन पनि हामीलाई कसरी हुन्छ छिटो विकास गर्न पर्याे भन्ने नै हुन्छन् अहिलेकाे नागरिकले तत्कालीन सेवा खाेज्छन हामीलाई त्यहीँमात्र अलि अफ्ट्यारो हाे । अहिलेकाे प्राविधिक जमाना अनुसार प्राविधिकयुक्त सेवा दिन सक्नुपर्छ त्यहीँ कुरालाई हामीले आत्मसात् गरेर अगाडि बढाइरहेका छाैँ ।
१० : अन्तिममा सम्पूर्ण मरिण गाउपालिका बासीहरुलाइ के भन्न चाहानुहुन्छ ?
सम्पूर्ण मरिण गाउपालिका बासीहरुलाइ म के भन्न चाहान्छु भने हाम्रो मरिणकाे एउटा समृद्धि विकासकाे निमित्त हामी जहिले पनि सकारात्मक तरिकाले अगाडि बढीरहेका छाैँ र सकारात्मक तरिकाले नै निर्णय गर्दै अगाडि बढ्ने हामीले साेचेका छाै समग्रमा हाम्रो मरिणकाे हितमा हामीले काम गर्ने हाे मरिणकै लागि हामीले काम गर्ने हुदा तपाईं पालिकाबासीहरले हाैसल्हा प्रदान गरिदिनु हुन्छ र तपाईंको हितमा काम गर्न हामी चाैँबिसै घण्टा तयार रहेको प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।
धन्यवाद मरिण गाउँपालिकाका अध्यक्ष ज्यू
बिमर्श भुक्तान







