काठमाण्डौबाट लमजुङ जाँदै गरेको जीप नुवाकोटमा दुर्घटना, १ जनाकाे ज्यान गयाे, ५ जना घाइ
२०८१ आश्विन १९ गते, शनिबार

काठमाण्डाै – काठमाण्डौबाट लमजुङ जाँदै गरेको जीप नुवाकोटको शिवपुरी गाउँपालिका–८ काफलडाँडामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा काठमाण्डाैका ५८ वर्षीय उपेन्द्र खनालकाे ज्यान गएकाे प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्ग व्यस्त भएपछि ‘टोखा–छहरे सडक खण्ड’ हुँदै लमजुङ जाँदै गरेको लमजुङकाे सुपर दाेद्री ‘ख’ आयाेजनाकाे बा १४ च ३८५४ नम्बरकाे जीप आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जीप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरूकाे काठमाण्डाैका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकाेटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।







