सुनसरीको धरानमा जुवाको खालबाट नगद नौ लाख बरामद, १५ जना पक्राउ

२०८१ कार्तिक १८ गते, आईतवार

सुनसरीको धरान  बराहक्षेत्र नगरपालिका– ३ नडाहामा नौ लाख ६८ हजार नगदसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीले नगदसहित उनीहरुलाई  पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ ।

अभियुक्तहरूलाई माथि अहिले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले त्यही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon