रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

२०८१ कार्तिक २० गते, मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरीले २५ दिन म्याद थपको आदेश मागे पनि न्यायाधीश चन्द्रकान्त पौडेलले १० दिन थुनामा राख्न अनुमति दिनुभएको हो ।

सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा अनुसन्धानका लागि हिरासतमा रहेका सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले यही कात्तिकको २ गते रवि लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरेर पोखरा पुर्‍याएको हो । लामिछानेलाई सुप्रिम सहकारीको रकम हिनामिनाको पनि आरोप लागेकाले पोखराबाट अब बुटवल लैजाने तयारी रहेको छ ।

प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको समर्थनमा आजै पोखरामा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon