श्रीलङ्काली मूलका अमेरिकी क्रिकेटर लाहिरु मिलन्थाले जनकपुरबाट एनपीएल खेल्ने

२०८१ कार्तिक २० गते, मंगलवार

श्रीलङ्काली मूलका अमेरिकी क्रिकेटर लाहिरु मिलन्थाले जनकपुर बोल्ट्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

विकेटकीपर ब्याटर मिलन्थालाई चौथो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको जनकपुर बोल्ट्सले जनाएको छ । अमेरिकी क्रिकेटर मिलन्थाले ४६ टी–२० क्रिकेटमा चार अर्धशतकसहित एक हजार ८२ रन बनाएका छन् ।

योसँगै जनकपुरले विदेशी खेलाडीको कोटा पूरा गरेको छ । जनकपुरले यसअघि पाकिस्तानका मुहम्मद मोहसिन, अमेरिकाका जोशुआ ट्रोम्प र न्युजिल्यान्डका जेम्स नीशमलाई अनुबन्ध गरेको थियो ।जनकपुर बोल्ट्सको मार्की खेलाडी राष्ट्रिय टोलीका विकेटकीपर ब्याटर आसिफ शेख छन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायके छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा एनपीएलको पहिलो संस्करण आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । प्रतियोगितामा सहभागी आठ टोलीले चार जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon