गाेकुलगंगा गाउँपालिकामा आज एक दिन शाेक विदा,

२०८१ मंसिर १६ गते, आईतवार

रामेछाप ।

रामेछाप जिल्लाकाे गोकुलगंगा गाउँपालिकामा वडा नं ४ बेतालीका वडा अध्यक्ष रामचन्द्र बस्नेतकाे गाडी दुर्घटनामा निधन भएपछि गोकुलगंगा गाउँपालिकाले आज (आईतवार ) शोक बिदा दिने निर्णय गरेको हाे ।

शुक्रवार काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नं ४ बेताली आउँदै गर्दा सोही वडाका वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएपछि पालिकाले शुक्रबार एक शोक पत्र जारी गर्दै शोक बिदा दिने जानकारी गरेको थियोे ।

गाउँपालिकाले आज १६ गते आइतबार पालिका कार्यालय र अन्तर्गतका सबै कार्यालयहरूमा आकस्मिक सेवा बाहेक शैक्षिक संस्थाहरू समेतमा शोक बिदा दिने निर्णय गरेको गाउँपालिकाले एक सूचना मार्फत जानकारी दिएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon