बालमैत्री वडा घोषणा हुन वडा नं ७ सुकाजोरले ५१ वटा सूचकमध्ये ४३ वटा सूचक गर्याे पुरा,

२०८१ मंसिर १६ गते, आईतवार

रामेछाप ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणाको तयारीमा छ । नगरपालिकाका ९ वटै वडाहरु बालमैत्री वडा घोषणा गर्न विभिन्न सूचकहरु पुरा गर्ने अभियानमा छन । नगरपालिकाको वडा नं ७ सुकाजोरले ५१ वटा सूचकमध्ये ४३ वटा सूचक पुरा गरेको छ ।

वडा कार्यालयमा हिजो (शनिबार) सूचक मापन कार्यशाला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सो कुराको जानकारी गराइएको वडा नं ७ का वडा अध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । नगरपालिकाको ९ वटा वडाहरुमध्ये सबैभन्दा बढी सूचक ७ नं वडाले पुरा गरेको छ । अब छिट्टै नगरभरीकै पहिलो बालमैत्री वडा घोषणाको तयारीमा ७ नं वडा लागेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

२०८१ चैत्र मसान्तसम्म बालमैत्री नगरपालिका घोषणा गर्न तिव्र रुपमा काम भैरहेको छ । सबै वडाहरुमा ५१ वटा सूचकहरु पुरा गर्न विभिन्न कामहरु भैरहेको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon