लैङ्गिक हिंसा न्युनिकरणमा बिद्यार्थीकाे भुमिका बिषयक बक्तित्वकला प्रतियोगिता सम्पन्न,
रामेछाप जिल्लाकाे रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा आज ( आईतवार ) शिक्षक अभिभावक सघका अध्यक्ष तिलक बहादुर तामाङकाे अध्यक्षतामा रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्याैपानेकाे प्रमुख आतिथ्यतामा लैङ्गिक हिसा बिरुद्धकाे १६ दिवसीय अभियानलाई मध्यनजर गर्दै भिमेश्वर मा.वि .र जनता मा,वि,का विद्यार्थीहरु बिच कार्यक्रम भएको थियो ।
कार्यक्रममा भिमेश्वर मा.वि.र जनता मा.वि का विद्यार्थी भाइबहिनीहरुले सन्देशमुलक गित,नाच प्रस्तुत गर्दै लैङ्गकि हिंसा न्यूनिकरणमा विद्यार्थीकाे भुमिका बिषयक वक्तित्वकला प्रतियोगिता भएको थियो ।
कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष हरिचन्द्र श्रेष्ठ नगरपालिकामा कार्यरत कर्मचारी नारायण सुवेदी,हरिभगवत श्रेष्ठ ,घनामाया श्रेष्ठ, विष्णु कार्की लगायत भिमेश्वर मा.वि. र जनता मा.वि.का विद्यार्थी, अभिभावककाे र विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।








