गुडिरहेको टिफरबाट खसेर सह चालकको मृत्यु
२०८१ पुष १४ गते, आईतवार
रामेछाप
रामेछाप जिल्लाकाे मन्थलीमा गुडि रहेको टिफरबाट खसेर सह चालकको मृत्यु भएको छ । मन्थली नगरपालिका १ बाट मन्थली नगरपालिका ४ सालु तर्फ गइ रहेको प्रदेश नः ३०१००३ क ५७६४ नम्बरको टिफरबाट खसेर आज(आइतबार) सोहि टिफरका सह चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नः ४ का ३२ बर्षका नारायण बस्नेत थिए । टिफर बालुवा लिएर सालु तर्फ जादैँ थियो । टिफरबाट खसेर घाइते भएका बस्नेतलाई उपचारको लागि तामाकोसी अस्पताल लगिएको थियो । बस्नेतको उपचारको क्रममा दिउँसो २ बजे तामाकोसी अस्पतालमा मृत्यु भएको हो







