उद्योग बाणिज्य संघले आम्दानी खर्च गर्याे सार्वजनिक,

२०८१ चैत्र १२ गते, मंगलवार
रामेछाप जिल्लाकाे मन्थलीमा रहेको उद्योग बाणिज्य संघ रामेछापले  हिजो (साेमवार) पत्रकार सम्मेलन गरिरे माघ १६ गते देखि २६ गतेसम्मको रामेछाप कृषि , पर्टन तथा ओैधाेगिक मेलाकाे आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको थियो

संघले जिल्लाकाे कृषि तथा पर्यटन क्षेत्रकाे प्रबर्द्धन गर्ने उद्देश्यले माग १६ गते देखि २५ गते सम्म संचालन गरेकाे  मेलामा भएकाे आम्दानी तथा खर्च विवरण सार्वजनिक  संघका काेषाध्यक्ष झनक बुढाथोकीले गर्नुभएको थियोे । विवरण अनुसार राकेश एण्ड समिनाबाट २ लाख २२ हजार,सुनापति गाउँपालिकाबाट,९८ हजार ५ सय र     स्टलबिक्रीबाट ३७ हजार आम्दानी भएको छ ।

मेलामा  खर्च भएको  लाेकदाेहाेरी बाध्यवादलाई २ लाख ४ हजार ९२० , उत्घाटन र समापन खर्च ६० हजार ६९० , प्रस्ताव लेखन र प्रतिवेदनमा ५६ हजार ९० ,कृषक र नृत्य गर्ने विद्यार्थीलाई पुरस्कार ५४ हजार,यातायात र ईन्धनमा ७७ हजार ३१० ,अतिथि संत्कार ३६ हजार ७३०, मेष।संचालनमा ३ लाख ७ हजार २१२ ,स्टल निर्माण , पानी तथा सरसफाइमा ६२ हजार ५६०,सुचना तथा प्रचार प्रसारमा ६३ हजार,माझी कलाकारलाई १ लाख ७६ हजार ४५ , खानेपानी र बत्तिमा ५० हजार ३९४, स्टेशनरी खर्च १४ हजार ९६०,कर्मचारी भत्ता २३ हजार ५००,स्थानिय ढुवानी तथा अटाेमा प्रचार ३५ हजार ५००,बैठक तथा पत्रकार भेटघाट ३२ हजार ८४०,अतिथिलाई काेसेली ५० हजार ८७५ ,सुरक्षा तथा स्वयंसेवक खर्च १ लाख, ब्यानर तथा प्रमाणपत्र १ लाख ५० हजार २१२ र पुरस्कार मुल्यांकन समिति बैठक तथा कृषक यातायातमा ७५ हजार ५०० गरि जम्मा १६ लाख ३० हजार ३३८ खर्च भएकाे छ ।

कृषिहरुलाइ पुरस्कार र सम्मान पत्र समेत दिएको  अध्यक्ष नवीन थापामगरले बताउनु भयो  । उहाले भन्नुभयो  हामीले अपेक्षा गरेअनुसारकाे रमक प्राप्त भयो भने  घाटा हुदैन नाफा नै हुन्छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon