स्थानीयले १२ दिन देखि लगातार पञ्चकन्या पोखरी क्षेत्रमा पूर्वाधार विकासको काममा गरिरहे श्रमदान,

२०८१ चैत्र ३१ गते, आईतवार

सिन्धुली ।
“हाम्रो सम्पदा, हाम्रो गौरव!”भन्ने मुल नाराका साथ   सिन्धुली जिल्लाकाे मरिण गाउँपालिका  वडा नं ५ मा मरिण गाउँपालिका अध्यक्ष बिमर्श मुक्तानले पंचकन्या पाेखरीलाइ  पर्यटकीय स्थल बनाउने अभियान थाल्नुभएकाे छ ।

ऐतिहासिक पोखरीको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि पालिकाको अगुवाईमा पोखरी आसपासका क्षेत्रमा सरसफाई र पूर्वाधार विकासका काम भईरहेका छन् । घेराबार, पिकनिक स्थल, शौचालय, स्नान घर, खानेपानी र पोखरी स्थलसम्म पुग्ने सडक,मठमन्दिर मर्मत तथा सिंगार, बाल उद्यान, प्रतिक्षालय तथा फोटोसेसन र मनोरञ्जनका लागि विविध पूर्वाधार निर्माणका काम भईरहेकाे अध्यक्ष बिमर्श माेक्तान बताउनु भयो ।

मरिण गाउँपालिका अध्यक्ष बिमर्श मुक्तान(प्रख्यात) जति नामले सुन्दर हुनुहुन्छ त्यतिनै कामले पनि प्रख्यात हुनुहुन्छ ।अरु ठाउमा निर्वाचित भएका नगरका मेयर,पालिका अध्यक्षहरुलाइ मिटिङ र गाेष्टी कार्यक्रमहरुमा मात्र देखिन्छन् तर  मरिण गाउँपालिका अध्यक्ष सरसफाइ र विकासकाे काममा आफै जनतासँग मिलेर काम गर्नमा व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ।  हामीलाई जनताले कार्यालयमा  कुर्सी घुमाउनकाे लागि भाेट दिएर जिताकाे हैन काम गर्न र विकास गर्नकाे लागि भाेट दिएर जिताकाे हुन्न । मैले जनतालाई दिएको वचन पूरा गर्छु र अरुलाइ मात्र काम लगाउदिन म आफै पनि काममा खट्छु याे पालिका जनताको मात्र हैन मेरो पनि हाे र पालिका बाँसीलाई सुबिधा मिल्नु र खुसी मिल्नु भनेको नै मेरो खुसी  हाे ।

धार्मिक महत्व बोकेको पञ्चकन्या पोखरी प्रचार–प्रसारबाट ओझेल परेको थियोे उचित संरक्षण तथा व्यवस्थापनको अभावमा ओझेलमा परेको याे धार्मिक स्थललाई अगाडि बढाएर सिन्धुली र आसपासका जिल्लाबाट आन्तरिक तथा बाह्य पर्यटक वर्षेनी नयाँ वर्षसहितका विशेष अवसर र चाडपर्वमा पञ्चकन्या दर्शन, घुमफिर र वनभोजका लागि आउने भएकाले पछिल्लो समय स्थानीय सरकारले गुरुयोजना बनाएरै पोखरी संरक्षण र विकास गरेसँगै पञ्चकन्या क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको हाे  ।

गाउँपालिकाले पञ्चकन्यामै कार्यपालिकाको बैठक राखेर यस क्षेत्रको प्रवद्र्धनको अभियानलाई व्यापक बनाउन जनप्रतिनिधि, सरोकारवाला र स्थानीयलाई आवहन गरेको थियो । गाउँपालिका अध्यक्ष विमर्श मुक्तानको नेतृत्वमा मरिणका स्थानीयले १२ दिन देखि लगातार पञ्चकन्या पोखरी क्षेत्रमा पूर्वाधार विकासको काममा श्रमदान गरिरहेका छन् ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon