माझी राष्ट्रिय संस्कृति संग्रहालय भवन शिलान्यास,
![]()
सिन्धुली ।
सिन्धुली जिल्लाकाे मरिण गाउँपालिका वडा नं. ५ स्थित ऐतिहासिक पञ्चकन्या पोखरीमा आयोजित एक भव्य समारोहका बीच माझी राष्ट्रिय संस्कृति संग्रहालय भवन शिलान्यास कार्यक्रम सम्पन्न छ।
कार्यक्रममा सिन्धुली जिल्ला क्षेत्र नं. २ का सम्माननीय प्रतिनिधि सभा सदस्य श्री लेखनाथ दाहाल (राजन)काे प्रमुख आतिथ्य, र मरिण गाउँपालिकाका अध्यक्ष श्री विमर्स मुक्तान (प्रख्यात) काे अध्यक्षता रहेको कार्यक्रम भएको थियोे ।
प्रतिनिधिसभा सदस्य दाहालको पहलमा संघिय सरकारको कुल ५५ लाख लागतमा संग्रहालय भवन निर्माण थालिएको हो । भवन निर्माणको ठेक्का एनएमबि निर्माण सेवा एण्ड सप्लायर्स प्रा.ली कमलामाई नगरपालिका ६ सिन्धुलीले पाएको छ । भवन शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य दाहालले माझी समुदायको धेरै बसोबास भएको मरिणमा संग्रहालय बनेपछि परम्परा, संस्कार,सस्कृति संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।
मरिण गाउँपालिका अध्यक्ष बिमर्श मुक्तान(प्रख्यात) र उपाध्यक्ष बिमला माझीले माझी राष्ट्रिय संस्कृत संग्रहालयले पन्चकन्या पोखरीको प्रचार प्रसारमा मद्धत पुग्ने बताउनुभयो ।
विशेष अतिथिमा संविधान सभा सदस्य तुल बहादुर माझी, उपाध्यक्ष विमला माझी, निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज बराल, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, सञ्चारकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।![]()







