नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापको ९ औँ साधारणसभा सम्पन्न,
रामेछाप ।
नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापको ९ औँ वार्षिक साधारणसभा तथा नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान एवम् भित्तेपात्राे विमाेचन हिजो( शनिबार)मन्थली नगरपालिकाकाे सभाहलमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय बाबू शिवाकोटीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भयो
कार्यक्रममा बाेल्दै पूर्व प्रेस युनियनका केन्द्रीय महासचिव शिवाकोटीले अहिले पत्रकारहरुलाइ धेरै गार्हो छ जुनसुकैले पनि सामाजिक संजाल फेसबुकमा स्टार्टस लेख्न तर समाचार नलाग्ने प्रवृत्ति बढ्दै आएकाे छ । लेख्ने बानीमा धेरै कमी आएको छ ।
उहाँले भन्नुभयाे जिल्लाका पत्रकारहरुलाइ स्थानीय तहले संरक्षण गर्नुपर्छ बाहिरका मिडियाहरुलाइ संरक्षण गर्नुपर्छ भन्ने छैन तर जिल्ला रहेका रेडियो,पत्रपत्रिका र अनलाइनहरुलाइ जाेगाएर राख्नु स्थानीय तहकाे कर्तव्य हाे । अहिले नागरिकमा आशा जगाउन राजनीतिक दल बिचको सम्बन्धलाई, पत्रकार र राजनीतिक दल बिचको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उहाले जोड दिनुभयो ।
कार्यक्रममा महासचिव दिलिप पाैडेल ,नेपाली कांग्रेस रामेछापका नेताहर , युनियनका केन्द्रीय सदस्यहरु, रामेछाप नगरपालिकाका मेयर,मन्थली नगरपालिकाका मेयर,गाेकुलगंगा गाउँपालिका अध्यक्ष युनियन सिन्धुली शाखा अध्यक्ष , विभिन्न प्रेस संगठनका प्रमुखहरु तथा सम्पूर्ण पत्रकारहरु तथा युनियन कर्मिहरु लगाएतकाे उपस्थिति थियो
नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेल, नेपाली काँग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्का,गाेकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का,रामेछाप नगरपालिकाका मेयर लवश्री न्याैपाने,मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ लगायतका नेताहरूले नेपाल प्रेस युनियन रामेछापको ९औँ साधारण सभा सफलताको शुभकामना दिएका थिए ।![]()







