आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक सङ्घको घोषणा,

२०८२ बैशाख १२ गते, शुक्रबार

नेपाल चिकित्सक सङ्घले आज सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ ।

सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाबाहेक अरु सेवाहरूमा सहभागी नहुने घोषणा गरेको हो ।

आवासीय चिकित्सकहरूले अहिलेसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकोले आन्दोलन गर्नुपरेको सङ्घको भनाइ छ ।

निजी कलेज सञ्चालकहरुले निर्वाह भत्ता नदिएको भन्दै पोस्ट ग्रेजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन् ।

चिकित्सकहरुले आफूहरुको श्रम शोषण भएको भन्दै हिजो पनि प्रदर्शन गरेका थिए । चिकित्सा शिक्षा आयोगले तय गरेको आठौँ तहको भत्ता दिनुपर्ने उनीहरुको माग छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon