छैठौं दिनको एकीकृत घुम्ती शिविर तथा सार्वजनिक सुनुवाइ कार्यक्रम गोलन्जोर–७ खुर्कोटमा सम्पन्न,

२०८२ बैशाख १६ गते, मंगलवार

सिन्धुली, ।
गोलन्जोर गाउँपालिका वडा नं. ७, खुर्कोटमा आज (मंगलबार) एकीकृत घुम्ती शिविर तथा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। गाउँपालिकाले सेवा प्रवाहलाई सरल, प्रभावकारी र जनमुखी बनाउन विभिन्न विषयगत सेवा केन्द्रमार्फत सो कार्यक्रम सञ्चालन गरेको हो।

स्वास्थ्य चौकी र वडा कार्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा गाउँपालिकाले राजस्व संकलन, स्वास्थ्य जाँच, कृषि तथा पशुपन्छी परामर्श, पञ्जिकरण, व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरणजस्ता विविध सेवा प्रदान गरेको थियो। सामाजिक सुरक्षा भत्ताबाहेक अन्य सेवा अन्तर्गत कुल १७६ सेवाग्राहीले सेवा प्राप्त गरेका छन्, जसमा विशेषगरी जेष्ठ नागरिक परिचयपत्र लिन सेवाग्राहीको उल्लेखनीय उपस्थिति देखिएको थियो।

साथै कार्यक्रममा वडा स्तरीय सार्वजनिक सुनुवाइ समेत आयोजना गरियो। यस अवसरमा गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) लगायतका पदाधिकारी तथा स्वास्थ्य शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो। सुनुवाइमा वार्षिक योजना प्रतिवेदन प्रस्तुत गरिनुका साथै स्थानीयबासीको जिज्ञासा, गुनासो र सुझाव सुनी समुचित जवाफ प्रदान गरिएको थियो।

गाउँपालिकाका अध्यक्ष बरालले यस्ता कार्यक्रमले जनतालाई सिधै सेवा दिनुका साथै जनप्रतिनिधि र जनताबीचको सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon