विमला फाउण्डेशनद्वारा अग्निपीडितलाई मानविय सहयोग, २२ हजार नगद र ३० मुरी अन्न प्रदान,

२०८२ जेष्ठ ६ गते, मंगलवार

सिन्धुली ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विमला फाउण्डेशन नेपालले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ गुडखोलाका एक अग्निपीडित परिवारलाई नगद र अन्न सहयोग गरेको छ।

फाउण्डेशनका संरक्षक वज्रध्वज वाइबाले पीडित डिलबहादुर पुलामीलाई २२ हजार ३ सय रुपैयाँ नगद, ३० मुरी धान तथा मकै हस्तान्तरण गर्नुभएको हो। गत मंगलबार घटनास्थलमै पुगेर वाइबाले उक्त सहयोग प्रदान गर्नुभएको हो।

३५ वर्षीय पुलामीको घर ब्याट्री विस्फोटका कारण आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको थियो। यस घटनाले घरपरिवारलाई अत्यन्त संकटमा पारिरहेको बेला फाउण्डेशनको सहयोगले राहत मिलेको परिवारले जनाएको छ

संरक्षक वाइबाका अनुसार आफ्नी दिवंगत बहिनी विमला वाइबाको स्मृतिमा स्थापित यस फाउण्डेशनले विभिन्न सामाजिक कार्यमा निरन्तर सक्रियता देखाउँदै आएको छ। विपद्‌मा परेका नागरिकलाई सहारा दिने उद्देश्यले फाउण्डेशन स्थापना गरिएको र”अन्न,नगद सहयोगले पीडितको घर पुनर्निर्माण र पुनःस्थापनामा टेवा पुग्ने विश्वास छ”, वाइबाले भन्नुभयो।

वि.सं. २०५४ मा जनयुद्धको क्रममा सहिद भएकी विमला वाइबाको नाममा सञ्चालित फाउण्डेशनमा बेगलाल भोलन, जितमाया घिसिङ, गणेश राई, विष्णु राई, कुमार राई, सञ्जित कार्की, सुवास मैनाली, यमकुमार आछामी, जङ्गे राई, हिम्मत राई र विमल राईजस्ता सदस्यहरु आबद्ध छन्।

उनीहरुले अन्न संकलन लगायत राहत व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका छन्। पीडित परिवारले यस्तो संकटको घडीमा गरिएको सहयोगप्रति आभार प्रकट गरेको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon