छोरा,छोरीकै नाममा बाँचेकी एउटी आमाको आवाज”

२०८२ जेष्ठ २४ गते, शनिबार

एक्लिएको जीवन मेरो , आँसुले आँखा सिँचिएको
साना छदा हात समाई, तिमीहरू हुर्काएको
भोक, प्यास, दुःख सबै, मुस्कानमा छोपेँ मैले
तिमीहरूलाइ खुशी राख्ने यही सपना बाेके मैले

बाँचेंकी छु तिमीहरूकै निम्ति,त्यागी सबै थाेक
तिमीहरूलाई हेर्दा पनि भाग्थ्याेँ निद्रा भाेक ।
आज ती साना पाईला हुदै गए ठुला
हेर्‌छु कतै बाटो बिराइ गर्छन् कि त भुल

सकसले भरिएको, थियो मेरो यात्रा
तिमीहरूलाइ खुसी दिने मात्र थियोे इच्छा
अघि बढ्दै राम्रो बनी, सबै तिर लेखाउनु छ
पखेटा दिएँ उड्नलाई,मैले आकाश देखाउनु छ ।

छोरा छोरी नै हो मेरो, सारा यो संसार
तिमीहरूकाे हासाे देख्दा हुन्छ हर्ष अपार
आजसम्म एक्लोपनकाे साथी भयाैँ मेरो
यस्तै गरि सधैं माया पाउँ सेरोफेरो

लेखक: निरु थापा दृष्टिकोण अनलाइन रामेछाप याे रचना मेरो जिन्दगीको वास्तविक  हाे ।

तपाईंहरुकाे पनि यस्तै कविता गित रचनात्मक छन् भने याे अनलाइनमा राख्न सक्नुहुनेछ । सम्पर्क गर्नकाे लागि दृष्टिकोण  अनलाइनकाे पेजमा हेर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon