मरिण गाउँपालिकाबाट जिल्ला अदालत सिन्धुलीलाई सहयोग,
सिन्धुली।
GEN–Z आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडका कारण कार्य सञ्चालनमा समस्या भोगिरहेको जिल्ला अदालत, सिन्धुलीलाई मरिण गाउँपालिकाले सहयोगस्वरूप उपकरण हस्तान्तरण गरेको छ।
गाउँपालिकाको तर्फबाट १ थान कम्प्युटर, १ थान ल्यापटप र १ थान कलर प्रिन्टर प्रदान गरिएको हो ।
उक्त उपकरणहरू गाउँपालिकाका अध्यक्ष श्री विमर्श मुक्तान (प्रख्यात) र प्रमुख प्रशासकीय अधिकृत श्री विकास सुन्दासज्यूको उपस्थितिमा अदालतलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
अध्यक्ष मुक्तानले कठिन परिस्थितिमा पनि सहकार्य र सहभावनाको साथ अगाडि बढ्नु नै स्थानीय शासनको जिम्मेवारी भएको बताउँदै, आगामी दिनमा पनि यस्तो सहकार्य निरन्तर रहने बताउनु भयो ।
अहिलेसम्म मरिण गाउँपालिका सधैं सहयोग, समन्वय र सहकार्यको भावनासहित अघि बढ्दै गहिरहेकाे छ ।







