मरिण गाउँपालिकामा क्षमता विकास तालिम सम्पन्न,

२०८२ मंसिर १ गते, सोमबार

सिन्धुली
सिन्धुलीको मरिण गाउँपालिकामा हिजो ( आईतवार ) देखि संचालन भएकाे दुई दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ ।

SEEDS Nepal, सिन्धुलीद्वारा आयोजना तथा PLAN Nepalको सहयोगमा मरिण गाउँपालिकाको समन्वयमा स्थानीय सरोकारवालाहरूका लागि रोजगार तथा कार्यस्थल क्षमता विकास तालिम संचालन गरिएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बिमर्श मुक्तान(प्रख्यात) हुनुहुन्थ्यो भने कार्यक्रममा उपाध्यक्ष श्री विमला माझी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू तथा स्थानीय सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो।

समापन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री विमर्स मुक्तान (प्रख्यात) ले भन्नुभयो तालिमले स्थानीय तहको कार्यदक्षता र सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै यस्ता सीपमूलक तालिमहरूले जनप्रतिनिधि र कर्मचारी दुवैको क्षमता अभिवृद्धि गर्दै जिम्मेवारीबोधलाई थप मजबुत बनाउँछन्। मरिणलाई सक्षम र उत्तरदायी पालिका बनाउने हाम्रो यात्रामा यो महत्वपूर्ण कदम पनि हुनेछ ।

सहभागीहरूले सिकेका सीपले व्यवहारिक काम, समन्वय र नेतृत्व क्षमतामा उल्लेख्य सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।
आयोजक SEEDS Nepal र सहयोगी PLAN Nepalले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त  समेत गरेका छन्।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon