सुनापतिमा आयोजित निःशुल्क आयुर्वेदिक शिविरबाट २ सयबढी स्थानीय लाभान्वित,
रामेछाप।
वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले सुनापति गाउँपालिकाको सहकार्यमा हिजो (शनिबार)गाउँपालिकाको केन्द्र हिलेदेवीमा एक दिने निःशुल्क आयुर्वेदिक उपचार शिविर सम्पन्न गरेको छ
गाउँपालिकास्थित अस्पताल परिसरमा गरिएको शिविरमा करिब २ सय स्थानीयले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। शिविरको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट चौलागाईँ, प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ, वडाध्यक्ष कुलबहादुर थिङ लगायत जनप्रतिनिधि तथा आयुर्वेद चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीको उपस्थिति थियो।![]()
डा. अच्युत रिमाल नेतृत्वको टोलीले बिरामी जाँच, परामर्श तथा निःशुल्क औषधि वितरणसहित उपचार सेवा दिएको थियो। पुरानो ग्याष्ट्रिक, बाथ, हाड–जोर्नी दुखाइ, पोलाइ, शरीर झमझमाउने समस्या तथा दीर्घकालीन खोकीका बिरामीको संख्या धेरै रहेको प्रमुख कार्कीले जानकारी दिनुभएको ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले गाउँकै बासिन्दालाई प्रत्यक्ष लाभ हुने गरी सेवा पुर्याएकाेमा आयूर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीप्रति कृतज्ञता व्यक्त गरे। यस्ता स्वास्थ्योपयोगी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत उहाले जोड दिनुभएको ।![]()







