हरिहरपुरगढीमा मनोसामाजिक परियोजनाको सामाजिक परीक्षण सम्पन्न,
सिन्धुली ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आज (शुक्रबार) गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्यको अध्यक्षता तथा वडा नं. २ का वडा अध्यक्ष विश्व राईको प्रमुख उपस्थितिमा टीपीओ नेपालद्वारा स्थानीय तहमा सञ्चालित मानसिक तथा मनोसामाजिक सहयोग, सुदृढीकरण तथा विस्तार परियोजना अन्तर्गत सन् २०२५ का कार्यक्रमहरूको सामाजिक परीक्षण (Social Audit) सम्पन्न भएको छ।
उक्त कार्यक्रममा टीपीओ नेपालका कार्यक्रम संयोजक श्रीनिवास खनालले सहजीकरण गर्दै परियोजनाको उद्देश्य, हालसम्मको उपलब्धि तथा गाउँपालिकामा मनोसामाजिक सेवाको पहुँच विस्तारका विषयमा विस्तृत जानकारी दिनुभएको थियोे ।
कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो भने मनोसामाजिक परामर्शकर्ता बिमला खड्काले सेवाको प्रभावकारिता र स्थानीयस्तरमा देखिएका मनोसामाजिक चुनौतीका बारेमा आफ्नो अनुभव साझेदारी गर्नुभएकाे थियाे ।
सामाजिक परीक्षण समारोहले परियोजनाको पारदर्शिता, उत्तरदायित्व र समुदायमैत्री सेवाको मजबुतीकरणमा महत्वपूर्ण योगदान पुगेको सरोकारवाला निकायहरूले बताएका छन्।![]()







