मरिण गाउँपालिकाद्वारा डोवा कुन्डोल ङ्गिमा ग्याङलाई संस्कृति तथा बाजा सामग्री हस्तान्तरण,

२०८२ मंसिर ७ गते, आईतवार

सिन्धुली ।
सिन्धुलीको मरिण गाउँपालिकाले स्थानीय संस्कृतिको संरक्षण, प्रवर्द्धन र निरन्तरतामा महत्वपूर्ण भूमिका खेल्दै आएको डोवा कुन्डोल ङ्गिमा ग्याङ समूहलाई आज (आईतवार ) संस्कृति तथा बाजा सामग्री हस्तान्तरण गरेको छ।

कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मुक्तान (प्रख्यात), प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासकाे उपस्थिति रहेको थियो। गाउँपालिकाको सांस्कृतिक समृद्धि र पहिचानलाई भावी पुस्तासम्म संरक्षण गर्न र पुरानो रितिरिवाज जाेगाइ राख्न अध्यक्ष मुक्तानले यी सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हाे ।

अध्यक्ष मुक्तान भन्नुहुन्छ गाउँपालिकाले स्थानीय समूह तथा संस्थाको आवश्यकता र योगदानलाई प्राथमिकता दिंदै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो उहाँको अनुसार, यसरी प्रदान गरिएका सामग्रीहरूले गाउँपालिकाभित्र आयोजित विभिन्न सांस्कृतिक कार्यक्रम, चाडपर्व तथा सामाजिक क्रियाकलापलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुर्‍याउनेछ।

डोवा कुन्डोल ङ्गिमा ग्याङ समूहले पनि गाउँपालिकाप्रति आभार व्यक्त गर्दै सामग्रीले आफ्नो समूहको गतिविधि तथा सांस्कृतिक धरोहर संरक्षणका प्रयासलाई थप व्यवस्थित र परिणाममुखी बनाउन मद्दत पुग्ने प्रतिक्रिया दिएका छन ।

समुदायको पहिचान बोकेका कला, संस्कार र परम्परालाई जोगाइराख्न स्थानीय तहको सक्रियता महत्त्वपूर्ण मानिन्छ। यस किसिमका सहयोगले सांस्कृतिक मूल्यमान्यता तथा सामुदायिक एकता मजबुत हुँदै जाने विश्वास अध्यक्ष मुक्तानले लिनुभएकाे छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon