मरिण र बकैया बीच बहुक्षेत्रीय पाेषण सम्बन्धि अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न,

२०८२ चैत्र ६ गते, शुक्रबार

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिका र बकैया गाउँपालिकाबीच बहुक्षेत्रीय पाेषण सम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रम आज आज(शुक्रबार) सम्पन्न भएको छ।

कार्यक्रम मरिण गाउँपालिकाका अध्यक्ष श्री विमर्श मुक्तानको अध्यक्षतामा सम्पन्न भएको हो भने बकैया गाउँपालिकाका अध्यक्ष श्री धर्मराज लामिछाने विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। त्यसैगरी मरिण गाउँपालिकाका उपाध्यक्ष श्री विमला माझी र बकैया गाउँपालिकाका उपाध्यक्ष श्री भक्ता बहादुर खत्रीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री महेश श्रेष्ठ तथा बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विनोद पोखरेलसहित दुवै पालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र शाखा प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विमर्श मुक्तानले यस्ता अनुभव आदान–प्रदान कार्यक्रमले स्थानीय तहहरूबीच सिकाइ, सहकार्य र विकासका असल अभ्यासहरू विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले “एक पालिकाले हासिल गरेका सफल अभ्यासहरू अर्को पालिकामा लागू गर्न सके समग्र स्थानीय विकासलाई थप प्रभावकारी बनाउन सकिन्छ” भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा दुवै पालिकाका प्रतिनिधिहरूबीच सेवा प्रवाह, सुशासन, विकास निर्माण तथा स्थानीय आवश्यकता सम्बोधनका विषयमा अनुभव साटासाट गरिएको थियो

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon