सरकारी तथा सार्वजनिक जग्गा संरक्षणमा सक्रिय बन्दै प्रशासन, रामेछापका सबै पालिकालाई निर्देशन,

२०८३ बैशाख २४ गते, बिहीबार

रामेछाप ।
रामेछाप जिल्लाभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका सबै स्थानीय तहलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाका आठवटै पालिकालाई पत्राचार गर्दै सरकारी तथा सार्वजनिक जग्गाको अवस्था पहिचान गर्न, अतिक्रमण भएका क्षेत्रहरूको विवरण संकलन गर्न तथा त्यसको व्यवस्थापनका लागि पहल गर्न आग्रह गरेको जनाएको छ।

गृह मन्त्रालय अन्तर्गतको आन्तरिक प्रशासन तथा सवारी एवं सभा समारोह व्यवस्थापन शाखाबाट प्राप्त निर्देशनअनुसार अतिक्रमणमा संलग्न व्यक्तिहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने विषयमा यकिन गर्न र वास्तविक सुकुम्बासीका लागि वैकल्पिक व्यवस्थापनको योजना तयार गर्न पनि स्थानीय तहलाई भनिएको छ।

प्रशासनले आवश्यक परे सुरक्षा व्यवस्थापन तथा अन्य समन्वयका लागि जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गर्न अनुरोध गरेको छ। सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थित उपयोग तथा अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन स्थानीय तहहरूलाई सक्रिय भूमिका निर्वाह गर्न प्रशासनले आग्रह गरेको जनाएको छ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon