नेपाली समाज यूएईको अध्यक्षमा अर्याल निर्विरोध विजयी
युएई – युएईमा भएका नेपालीहरुलाई दूतावासबाट हुने सेवाहरु सरलीकरण गर्न अनलाइन सेवाको बिस्तार गरिरहेको नेपाली राजदुतावास अबुधबिका प्रतिनिधि द्वितीय सचिव तिल बहादुर सुनारले बताएका छन ।
जनवरी ८ तारिकका दिन नेपाली समाज युएईको १५ औ माहाधिबेसनमा प्रमुखअतिथिको आसन गरेका सुनारले सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन ।
८ जनवरी २०२३ मा युएईको सबै भन्दा पुरानो सामाजिक सस्था नेपाली समाज यूएईको १५ औं महाधिवेसन दुबाईको होलिडेन होटलामा सम्पन्न भएको छ । अधिवेसनले बेद प्रसाद अर्यालको अध्यक्षतामा कार्यसमिति पधाधिकारीहरु चयन गरेर आगामी दुई बर्षको लागि कार्यसमिति गठन गरेका छन ।
निर्वचित समितिमा पार्षद अध्यक्ष राम बहादुर मोक्तान उपाध्यक्ष भुवन थापा, कमल गिरी, रेशम राज खनाल महासचिव केदार कुवर कोषाध्यक्ष बाबुराम सुनुवार सचिव प्रकाश दत्त बढु सह कोषाध्यक्ष विष्णु प्रसाद पंथी केन्द्रीय सदस्य यम प्रसाद पांडे,डिल्ली राज न्यूपाने,लक्ष्मी खत्री, कृष्णा प्रसाद तिमिल्सिना रहेका छन ।
निर्वाचन समिति संयोजक पासाङ शेर्पाको अध्यक्षतामा बनेको निर्वाचन समितिले २०२३-२०२५ को समिति बनाएको हो ।
कार्यक्रममा नेपाली समाजका सस्थापक सिपि सापकोटा, गैर आवाशिय नेपाली संघ का मध्य पूर्व संयोजक मनोज गोर्खाली, नेपाल पत्रकार महासंघ यूएई का पदाधिकारी लगाएत युएईमा रहेका सामाजिक संघसस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियोे ।







