मध्यपूर्वमा चलचित्र प्रदर्शन तथा प्रबर्द्धन गर्न गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) ओमानले सहयोग गर्ने

२०७९ फाल्गुन २० गते, शनिबार

निप फिल्मले मध्यपूर्वमा नेपाली फिल्म वितरक गर्दा चलचित्र प्रदर्शन तथा प्रबर्द्धन गर्न गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) ओमानले सहयोग गर्ने भएको छ |
गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) ओमानको संयोजनमा ओमानका सम्पूर्ण सस्था तथा सामाजिक ब्याक्तिवले निप फिल्मले मध्यपूर्वमा नेपाली फिल्म वितरक गर्दा सम्पूर्ण नेपाली चलचित्र ओमानमा प्रदशनी गर्ने त्यसको लागि ओमानमा सामाजिक संजाल औपचारिक अनौपचारिक कार्यक्रम तथा नेपाली व्यापारिक स्थानमा प्रचारप्रसार गर्न गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) लगायतको सस्थाले चलचित्र प्रवर्द्धनमा सहयोग गर्ने भएको हो | मध्यपूर्वमा नेपाली फिल्म वितरक गर्न नेपाल चलचित्र बोर्ड र मध्यपूर्व स्थित नेपाली फिल्मको वितरक कम्पनी निप फिल्म बीच गत फागुन ३ गते लिखित सम्झौता भएको थियो |
रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली चलचित्र प्रेमीलाई लक्षित गर्दै मध्यपूर्वका ६ देशका मुख्य-मुख्य शहरका बिभिन्न पाच दर्जन पर्दामा नेपाली कथानक चलचित्र प्रदर्शन हुनु भएको सम्झौता हामि मध्यपूर्वमा रहेका नेपाली एबं सामाजिक संघसंस्थाको लागी एक अवसर तथा जिम्मेवारी भएको वितरक ढकालाले बताए |
हामीले व्यक्तिगत प्रयासमा मध्यपूर्वमा नेपाली फिल्म वितरक गर्दै आएको रहेता पनि सरकारी स्तरबाट भएको सम्झौताले अझ ब्यबसायी एबं सामाजिक जिम्मेवारीका साथ कार्य गर्नुपर्छ | यसै जिम्मेवारीलाई सामाजिकीकरण गर्न गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी) ओमानपनि सहयोग गर्न इच्छा देखाउनु भएकोमा खुशी लागेको ढकाले बताएका छन |
चलचित्र छक्का पन्जा ४ फागुण २५ मध्यपूर्वमा युएई ओमन, कतार, बराइन कुबेतमा पर्दशनी हुने भएको छ |मध्यपूर्वमा नेपाली फिल्मको वितरण गर्दै आएका रमेश ढकालले सम्बन्धित मुलुकको प्रक्रिया अनुसार फिल्म वितरण गरिरहेको बताउदै अहिले फागुण २५ गते चलचित्र छक्का पन्जा ४ पर्दशनी हुने भएकोले प्रचारप्रसार गरिरहेको बताएका छ्न | छक्का पन्जा ४ नेपालमा बम्परका साथ पर्दशनी भइरहेको छ |

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon