रिटर्नी फेडेरेसन नेपालको प्रथम अधिवेशन चैत्र ११ बाट
काठमाडौं : विदेशबाट फर्किएका नेपालीहरूको संगठन रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन चैत्र ११ देखि काठमाडौंमा हुने भएको छ । संगठनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ११ र १२ गते राष्ट्रिय महाधिवेशन हुने र महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिएको हो । महाधिवेशनले नेतृत्व चयन गर्ने जनाइएको छ ।
पत्रकार सम्मेलनमा रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष चन्द्रबहादुर रोकायाले वैदेशिक रोजगारी,अध्ययन तथा व्यवसायी गरि फर्केकाहरूको सहभागीतामा हुने महाधिवेशनले आवश्यक नीति बनाउने जानकारी दिए।
उनले विदेशबाट फर्किएका नेपालीहरूको तथ्याङ्क सरकारले राख्नुपर्ने र सीपयुक्त युवाहरुलाई राष्ट्रनिर्माणका साथै उद्यमशिलतामा परिचालन गर्नुपर्ने बताए।
आम युवाहरुलाई उद्यमी गर्न प्ररित गर्नका लागि संगठनले काम गरिरहेको उनले जानकारी दिए।







