कानुनी लडाई सुरु भयो दोषीलाई सजाय दिलाएर छाडछौ – गौरब दर्पर्ण
काठमाडौं । काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालको प्राङ्गणमा मण्डब थियो मण्डमा चामल धान दियो बत्ती बलिरहेका थियो पुरोहित संस्कृतका श्लोक भनिरहेका थिए साथमा थिए गायक गैराब दर्पण | अस्पतालको प्राङ्गणमा २८ महिनाकी दुधे बालिका प्रशंसा गौतमको ४५ दिनको श्राद्ध भैरहेको थियो |
प्रसंशा गौतमको डाक्टरको चरम लापरबाहीका कारण निधन भएको बताउँदै परिवार, आफन्त, कलाकार, पत्रकारहरु लगायत अन्य बटुवाहरु सहित आन्दोलनको आज ३२ दिनको देखिएको परिवेश हो यो | अस्पतालको प्राङ्गणमा श्राद्ध भैरहेको थियो गेट बाहिर सभासद असिम साह गायक प्रमोद खरेल संगीतकार चेतन सापकोटा लगायत एक सय भन्दा धेरै आन्दोलकारी मौन भएर प्ले कार्ड बोकि रहेका थिए प्ले काडमा लेखिएको थियो – प्रशंसालाई न्याय दे, दोषीलाई कारबाही गर । सडकको छेउमा बालिकाको फोटो सहितको ब्यानर , ब्यानरमा पनि लेखिएको थियो प्रशंसालाई न्याय दे, दोषीलाई कारबाही गर |
४५ दिनको श्राद्ध सकिएपछी विरोध कोड सभा सुरु भयो सुरुवात गरे दुधे बालिकाको प्रशंसा गौतमको बुवा गायक गैराब दर्पर्णले |काठमाडौंमा हामि आप्रवासी भयौ | ३२ दिन सम्म नियमित मौन आन्दोलनलाई हामीलाई आप्रवासीको ब्वाहार गरियो | नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन, जिल्ला प्रशासन कार्यालय, काठमाडौं, प्रहरी परिसर टेकुमा पनि उजुरी दिइएको तर कहिँ कतैबाट कुनै प्रतिक्रिया नदिएको गुनासो भक्कानिएर गायक गैराब दर्पर्ण उपस्तिथ सबैलाई धन्यवाद दिए |
गायक गैराब दर्पर्णले हाम्री छोरी पुन फर्किएर आउदिनन हामीले थाहा छ, हाम्रो माग त मात्र गल्ति आत्मालोचना गरिदिए पुग्छ भनिरहेका छौ तर आत्मालोचना त कहाँ कुनै सरसल्लाह नै नगरिएको गुनासो थियो दर्पर्णको |अब कानुनी लडाई सुरु भएको छ, कानुनी रुपमा ब्लडमनि लिएर छाडने उद्घोष गरेका गौरबले त्यो ब्लडमनि दोषीलाई सजाय सहितको कारबाही रहेको बताए |
हस्पिटलको गेटमा ३२ दिन सम्म पर्खिदा नभेट्ने डाक्टर र प्रशाशनलाई अदालतको कठहरामा उभाउने बताउदै आज देखि गेटको आन्दोलन सकिएको हाम्रो छोरीले न्याय नपाए सम्म छोरीको श्राद्ध यहि हस्पिटलको प्राङ्गणमा गर्छु |आज सम्म मौन आन्दोलन गरियो आज केहि मुर्दाबाद भन्छु ‘प्रशंसालाई न्याय दे’, ‘सम्पत्ती बेचेर होइन, दिमाग बेचेर डाक्टर बनौं’ ‘मान्छे मार्न पाईंदैन, जयदेब यादब चाहिंदैन’, ‘जयदेबको लाइसेन्स खारेज गर’, ‘हत्यारालाई कारबाहि गर’ ‘हिमाल हस्पिटल मुर्दाबाद’, ‘पीडितलाई दबाउन पाइँदैन’, ‘डा.जयदेव यादव को लाईसेन जाँच गर’, ‘सम्बन्धित चिकित्सक र अस्पताल जवाफदेहि बन’ दर्पणलाई उपस्तिथ सबैले मुर्दाबाद भन्न सहयोग गरिरहे |
आज ११ बजे सुरु भएको ४५ दिनको श्राद्ध र गेटमा गरिएको मौन आन्दोलन २ बजे सकियो | कार्यक्रम समापन गरेर दर्पर्ण उपस्तिथ आन्दोलनकारिसंग मात्र बिदा मागेनन मागे बिदाई सुरक्षाकर्मी अनि हस्पिटलका सुरक्षा गाड संगपनि |







