१९ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा आज नेपाल र भारत खेल्दै

२०८० आश्विन १० गते, बुधबार

१९ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा आज नेपाल र भारत खेल्दैछन् । यो खेल आज बेलुका साढे ५ बजे दशरथ रंगशालामा शुरु हुने छ । आज नै हुने अर्को सेमिफाइनल खेलमा दिउँसो साढे १ बजे भुटान र पाकिस्ताले खेल्नेछन् ।

आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछन् । घरेलु टोली नेपाल सन् २०१५ र सन् २०१७ को विजेता हो भने भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो । यो प्रतियोगितामा नेपाल समूह चरणमा पाकिस्तानसँग हारेको थियो भने माल्दिभ्सलाई ४–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । भारतले समूह चरणमा भुटान र बंगलादेशलाई हराएको थियो । फाइनल खेल शनिवार हुनेछ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon