एमनेष्टी इन्टरनेशनल नेपाल समूह-१९ रामेछापको दशौ बार्षिक साधारणसभा तथा पाचौं अधिबेशन सम्पन्न

२०८० आश्विन १५ गते, सोमबार

एमनेष्टी इन्टरनेशनल नेपाल समूह-१९ रामेछापको दशौ बार्षिक साधारणसभा तथा पाचौं अधिबेशन सँयाेजक अप्रिल अधिकारी ज्युकाे अध्यक्षता र प्रमुख अतिथि श्रीमान जिल्ला न्यायाधीश इन्दिरा शर्मा ज्युकाे प्रमुख आतिथ्यतामा दिप प्रज्वलन गरि प्रमुख अतिथि ज्युबाट कार्यक्रमकाे उद्घाटन सत्र शुरु भएकाे थियाे । कार्यक्रमकाे सहजिकरण सहसयाेजक कुमार श्रेष्ठले गरेकाे थियोे भने । पाहुनाहरुलाई शब्द द्वारा काेषाध्यक्ष जानुकी श्रेष्ठले स्वागत गर्नु भएको थियाे । कार्यक्रममा समुहले आ.ब.२०७९/०८० मा भए गरेका कार्यहरुकाे प्रस्तुतिका साथै आर्थिक अबस्थाकाे बारेमा जानकारी सयाेजक अप्रिल अधिकारी र काेषाध्यक्ष जानुकी श्रेष्ठले दिनु भएको थियाे । कार्यक्रम सफलताको शुभकामना एमनेष्टी इन्टरनेशनलका पूर्व सयाेजक हिमाल ढुङ्गेल,उद्योग बाणिज्य सघ मन्थली रामेछापका अध्यक्ष नवीन थापा मगर,एम्नेष्टिका पुर्व सयाेजक तथा सल्लाहकार सुमन कर्माचार्य तामाकोसी सेवासमितिका कार्यकारी निर्देशक गाेबिन्द घिमिरे ज्युहरुले एम्नेेष्टीटीकाे बारेमा ऐतिहासिक पृष्ठभूमि,मानव अधिकार सरक्षण सम्बर्द्धन,कर्तब्य र कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियाे । बन्दसत्रमा अधिबेशन भएकोले सयाेजक अप्रिल अधिकारी,सह-सयाेजक कुमार श्रेष्ठ सचिब जानुकी श्रेष्ठ,सह-सचिव घना श्रेष्ठ,काेषाध्यक्ष रामहरि केसी सदस्य युबराज श्रेष्ठ,सुमित श्रेष्ठ (निरज),मिलन बि.क., गिता कुमारी भुजेल,पुष्कल घिमिरे,विष्णु थापा समेत .निर्बिराेध चयन हुनु भएका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण,प्रमाणपत्र वितरण र हार्दिक बधाई ज्ञापन निर्वाचन मण्डलकाे सयाेजक हिमाल ढुङ्गेल समेत ३जना टिमबाट भयकाे थियाे ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon