रामेछापको गाैरीशंकर मा.विले गर्याे शुभकामना आदानप्रदान कार्यक्रम

२०८० आश्विन २६ गते, शुक्रबार

आज मिति २०८०/६/२६ गते शुक्रबार का दिन रामेछाप नगरपालिकाकाे श्री गाैरीशंकर मा विमा शुभकामना आदनप्रदान कार्यक्रम भएको थियोे । नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशै तिहार तथा छठको उपलक्ष्यमा गाैरीशंकर मा वि रामेछापमा शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरिएको हो ।

विद्यायलयका प्रधानाध्यापक रामप्रसाद पाैडेलकाे अध्यक्षतामा शुभकामना आदनप्रदान कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरु ,व्यवस्थापन समितिका सदस्यहरु,अभिभावक तथा विद्यार्थीहरुकाे सहभागीता रहेको थियो ।

शुभकामना आदन प्रदान कार्यक्रममा कक्षा एल.के.जी.देखि कक्षा १० सम्मका भाईबहिनीहरुले आफ्नो आफ्नो प्रतिभा देखाएका थिए भने कक्षा ६ का भाइ बहिनीले जनचेतनामूलक नाटक देखाएका थिए । नाटकले दिनखाेजेकाे सन्देश जतिसुकै धनी भएपनि कुलतमा फसेपछि एक दिन सडकमा पुगिन्छ भन्ने थियो । त्यसैले आ आफ्ना नानीबाबुहरुले के गर्दै छन् भनेर बेलैमा बुबा,आमाले बिचार गर्नुपर्छ धनी छु भनेर घमण्ड कहिले गर्नुहुँदैन र गरिबलाई पनि हेला गर्नु हुदैन मान्छे हाे दुबैकाे साथ दुबैलाई चाहिन्छ भन्ने सन्देश दिएको थियो ।

कार्यक्रमलाई अझ शाेभायमान बनाउनका लागि यसै विद्यालयका शिक्षक गणेश सर,रुपेश सर र प्रकाश सरले दशै गितकाे ट्याकमा आफ्नाे सुमधुर स्वरमा गित गाएर दशै आएको महसुस सबैमा गराउनु भकाे थियोे ।

कार्यक्रमकाे अन्तिममा प्रधानाध्यापक रामप्रसाद पाैडेलले स्वदेश तथा बिदेश रहनुभएका सम्पूर्ण नेपालीजन आमा,बुबा,दाजुभाइ,दिदीबहिनी,शिक्षक,अभिभावक,विद्यार्थीहरुमा २०८० सालकाे विजया दशमी शुभदिपावली एवम् छठ् पर्वको शुभकामना सहित लामो बिदामा आ आफ्ना नानीबाबुहरुलाई विद्यालयबाट दिएकाे गृहकार्य गर्न लगाउन अभिभावकहरुलाई सल्लाह सुझाव दिदै कार्यक्रम अन्त्य गर्नुभएकाे थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon