स्वयंसेविका दिवसको अवसरमा गाेलञ्जोरमा उत्कृष्ठ स्वयंसेविका सम्मानीत
सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले भब्यरुपमा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा दिगो विकास महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सयुक्त प्रयास भन्ने नारा सहित सोमबार आज गाउँपालिकामा भब्य रुपमा स्वयंसेविका दिवस मनाएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकराको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटण गर्दै गाउँपालिका अध्यक्ष एव। कार्यक्रमका प्रमुख अतिथि शंकर राज बरालले स्वास्थ्य पालिका निर्माणमा स्वास्थ्य स्वयंसेविकाको महत्व पुर्ण भुमिका रहने बताएका छन् । सबै भन्दा पहिला नागरिक स्वास्थ्य रहन जरुरी रहेको भन्दै नागरिकलाई स्वास्थ राख्न स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाको उल्लेखनिय योगदान रहेको बताएका छन् । स्वास्थ्य स्वयंसेवीकाको जिम्मेवारी ठुलो र धेरै भएको तर सेवा सुविधा एकदम कम रहेको भन्दै स्वास्थ्य स्वयंसेविकाको परिवारलाई निशुल्क स्वास्थ्य बिमा गाउँपालिकाबाट गरिदिने योजना ल्याएको अध्यक्ष बरालले बताएका छन् ।
त्यस्तैगरी गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले स्वास्थ्य कर्मी र स्वास्थ स्वयंसेविकाको कारण गाउँपालिका भित्र स्वास्थ्य क्षेत्रमा उल्लेखनिय प्रगती भएको भन्दै स्वास्थ्य कर्मीहरुको प्रशंसा गरेका छन् । उपाध्यक्ष न्यौपानेले भने“ रात दिन नभनी उपचारमा यहाँहरु लागी पर्नु भएको छ । त्यस कारण आज हामी सफल भएका छौं । गाउँपालिका बाट हामी के गर्न सक्छौ यहाँहरु र नागरिकको स्वास्थ्यको लागी हामी गर्न तयार छौं । तपाईहरुको सुझाब आवश्यक छ ” उपाध्यक्ष न्यौपानेले भने ।
गाउँपालिकाले कार्यक्रमको अवसरमा उत्कृष्ठ तिन जना स्वयंंसेविकाहरु लाई दोशल्ला आडाएर प्रमाणपत्रले सम्मान गर्नका साथै करुवा समेत उपहार दिएको छ । साथै २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगीता समेत आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत पैकराले जानकारी दिए । पैकराले भने “हामीले हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरेका थियौं सो अवसरमा वडा नम्बर ४ का स्वयंसेविकाहरु प्रथम भएका छन् । त्यस्तैगरी वडा नम्बर ३ दोस्रो र वडा नम्बर २ तेस्रो भएको छ । उनिहरुलाई क्रमस १ हजार ५ सय, १ हजार र ५ सय नगद द्वारा सम्मान समेत गरेको छ ।
कार्यक्रममा, जिल्ला रेडक्रसक सभापती गौरभ कार्की, सिड्स नेपालका प्रतिनिधिहरु पालिकाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु गाउँपालिकाका शाखा प्रमुख लगाएत अन्य कर्मचारीहरुको समेत सहभागीता रहेको थियो । पालिकाको सातै वडा बाट सहभागी स्वास्थ्य स्वयंसेविका लगाएत कार्यक्रमा सहभागीहरु बिभिन्न सन्देश मुलक व्यानर बोकेर ग्वालटार बजार समेत परिक्रमा गरेका थिए ।








