धानबारीमा चरा धपाउन राखेको ‘बुख्याचा’ जस्तो भयौँ मन्त्री श्रेष्ठ
रामेछाप । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले प्रदेशका मन्त्री र सांसद्हरुलाई संघीय सरकारले ‘धान बारीमा राखेको चराहरुलाई तर्साउन राखेको बुख्याचा’ जस्तै बनाएको बताएउनु भयो । संविधानले ताेकेकाे धेरै अधिकार प्रदेश सरकारलाई नदिएर संघीय सरकारले धान बारीमा तर्साउन बनाइएको ‘बुख्याचा’ जस्तो बनाएको दोहोर्याएउनु भयो ।
आज रामेछापको सदरमुकाम मन्थलीमा पत्रकारसँग साक्षात्कार गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो ‘हामीलाई कस्तो खालको अवस्था सिर्जना गराइयो भने दौड प्रतिस्पर्धामा भाग लिन चारै हात खुट्टा बाँधेर मैदानमा पठाइएको छ ‘जनताले पनि सबै कुरा जान्दैनन्, अधिकार पाएकका छन कि छैनन् एनन्, कानुन बनेकी बनेनन्, जनशक्ति छकी छैन । जनतालाई त, परिणाम चाहिन्छ । तर, संघीय सरकारले ती अधिकार नदिए सम्म हामीले चाहेर मात्रै हुँदो रहेनछ ।’
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका श्रेष्ठले प्रदेशले आफ्नो अधिकार र स्रोत साधनले भ्याएसम्म काम गरेको बताउनुभयो । उहाले भन्नुभयो ‘हामीले चाहेर गर्न सकिने जति हामीले गरेका छौँ । हामी तीव्र ढङ्गाले अगाडि बढी रहेका छौँ ।’
जिल्लाको एक कार्यक्रममा भाग लिन जिल्ला आउनुभएकाे प्रदेश आर्थिक मामिला मन्त्री श्रेष्ठले पत्रकारहरूले राखेको जिज्ञासामा १ हजार भन्दा बढी सडक प्रदेश सरकारको बजेटबाट बनेको, सयौँ सडकहरू बन्दै गरेको, कालो पत्रे भएको बताउनुभयो । ‘यी हामीले गरेका कामहरू जनतासँग सबै प्रस्ट पार्न नसक्दा प्रदेशमा नेतृत्व गरी रहेका मन्त्री र सांसदहरू धानबारीमा चरा धपाउन राखेको ‘बुख्याचा’ जस्तो बनेको छौँ।’
संविधानले दिएको अधिकारीहरू संघ मुठ्याएर बन्ने अनि उहाँहरूको कारणले प्रदेश बदनाम हुनु पर्ने भन्दै उहाले प्रश्न गर्नुभयाे ।
फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँले गर्दै आएको विद्रोहको आन्दोलन सामान्य रहेको तर्क गर्नुभयो ‘दुर्गाप्रसाइकाे विषयमा उ आफै सरकारको ऋण खाने अनि अरु जनताले खाकाे ऋण पनि तिर्न पर्दैन भन्ने यस्ताकाे पछि कुनै पनि पत्रकारहरु पछि नलाग्नु र उसको बारेमा नलेख्नु भन्नुभयो ।
जिल्ला समन्वय समितिको सभा हलमा भएको पत्रकार साक्षत्कारमा जिल्ला समन्वय समिति प्रमुख चिना खड्का (कार्की) र उपप्रमुख प्रेम सागार थापा पनि सहभागी थिए ।







