मन्थली नगरमा प्रवर्धनका लागि बहस र पैरवी विषयक कार्यक्रम सम्पन्न

२०८१ श्रावण ६ गते, आईतवार

रामेछाप।

रामेछापको मन्थली नगरपालिकाको पर्यटन प्रवर्धनका लागि बहस र पैरवी कार्यक्रम हिजो (शनिबार) सम्पन्न भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह¸ नेपाल जिल्ला शाखा रामेछापको प्रथम वार्षिक उत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको थियोे ।

कार्यक्रमको प्रमुख आथिती समेत रहनुभएका बागमती प्रदेश सांसद एवं बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति समेत रहनुभएका आनन्द कुमार श्रेष्ठले मन्थली नगरपालिका पर्यटन विकासका लागि ठुलो सम्भावना बोकेको नगरपालिका भएकाले यहाँको पर्यटन विकासका लागि पूर्वाधार निर्माण लगायत आवश्यक कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाउनुभयो । मन्थली विमान स्थलबाट वर्षमा दुई सिजनमा भइरहेको लुक्ला उडानलाई थप व्यवस्थित बनाउन र मन्थली–काठमाडौँ नियमित उडानको व्यवस्था गर्न थप पहल गर्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रमको विशिष्ट आथिती समेत रहनुभएका मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले मन्थली नगरपालिका रामेछाप जिल्लाकै ठुलो पर्यटकीय सम्भावना बोकेका नगर भएको बताउनुभएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि मन्थलीमा केही छैन भन्नेहरू प्रति इङ्गित गर्दै नगर प्रमुख श्रेष्ठले मन्थलीमा पर्यटकका लागि आवश्यक के चाहिँ छैन र भन्दै प्रश्न गर्नुभयो ।उहाँले सरोकारवाला निकायसँग आवश्यक बहस, छलफल र सुझावहरू लिएर नगरपालिकाले पर्यटन विकासका लागि पूर्वाधार निर्माण लगायतका अन्य कामहरू पनि गरिरहेको बताउनुभयो ।

नगरपालिकाभित्र पर्यटक आवागमन बढाउ सम्भावना बोकेका धार्मिक तथा पर्यटकीय स्थलहरूमा सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार निर्माण गर्दै जाने नगरको योजना रहेको उहाँले बताउनुभयो ।यसका लागि नगरका सबै १४ वटै वडाहरूमा रहेका धार्मिक तथा अन्य सम्भावना भएका स्थलहरूको पहिचान गरी नगरपालिका अगाडी बढेको उहाँको भनाइ छ ।

नगरपालिकाको पर्यटन विकासका लागि नगरले बनाएको योजना पूर्ण कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न सरोकारवाला सबैलाई नगर प्रमुख श्रेष्ठले आग्रह पनि गर्नुभयो । वर्षको दुई सिजनमा लुक्ला उडान भइरहेको मन्थली विमान स्थलको थप व्यवस्थापन र मन्थली–काठमाडौँ नियमित उडानका लागि पनि मन्थली नगरपालिकाले लामो समय देखि आवश्यक पहल कदमी लिइरहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।लुक्ला उडानका लागि सडक मार्ग हुँदै मन्थली आउने विदेशी पर्यटकलाई कम्तीमा एक दिन मन्थली बस्ने र घुम्ने वातावरण निर्माण लागि नगरपालिका गम्भीर भएर लागेको उहाँले बताउनुभयो

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon