रामेछाप बजारका उद्यमी महिला, सहकारी,सघसस्था,फर्म तथा सप्लायर्सहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सचालन,

२०८१ फाल्गुन १६ गते, शुक्रबार

रामेछाप जिल्लाकाे रामेछाप नगरपालिकाकाे सभाहलमा  रामेछाप विजनेश एण्ड प्राेफेशनल वमेनकाे आयोजक,समाज सेवा जागृति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे सहयोग र करदाता सेवा  कार्यालय मन्थली रामेछापकाे समन्वयमा आज(शुक्रबार)  RBPWका उपाध्यक्ष सावित्रा खत्रीकाे अध्यक्षतामा रामेछाप नगरपालिका वडा नं ७,८,९ का उद्यमी महिला,सहकारी,संङ्घसस्था,फर्म तथा सप्लायर्सहरुलाइ एक दिने अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियोे ।

कार्यक्रमकाे सहजिकरण कर अधिकृत प्रतिमा घिमिरे र ना,सु, कृष्णप्रसाद आचार्यले गर्नु भयकाे थियाे भने कार्यक्रममा राजस्व,कर,स्थायी लेखा नं (PAN) काे प्रकारहरु,स्थायी लेखा नं (PAN) दर्ताकाे प्रक्रिया,आयकर (Incometax) मुल्य अभिवृद्धिकर(VAT) अन्तरशुल्क, डे.१  डे.२  खरिद खाता,बिक्री खाता,राजस्वदर(ETDS) अघ्रिम कर कट्टी,काराेवार स्थलमा राख्नैपर्ने कुराहरू बिषयमा छलफल गरिएको थियोे ।

कर बुझाउनकाे लागि कार्यालयमा नै जान नपर्ने  माेबाइलबाट नै पनि गर्न सकिने कुरा प्राक्टिकल रुपमा गरेर देखाउदै राम्रोसँग बुझाउनु भयो । कार्यक्रममा सहभागी उद्यमी महिलाहरुलाइ याे १ दिने कार्यक्रमले  मात्र नपुगेको फेरि फेरि पनि यस्तै महत्त्वपूर्ण कार्यक्रम  ल्याउनकाे लागि रामेछाप विजनेश एण्ड प्राेफेशनल वमेनले ध्यान दिए हुन्थ्यो भन्ने भनाइहरु आएका छन् आजकाे अन्तरक्रिया कार्यक्रम  सबैको लागि महत्त्वपूर्ण रहेको थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon