पन्ध्रौं माझी समुदायको राष्ट्रिय पर्व काेशी लदी पुजा सम्पन्न,

२०८१ फाल्गुन २१ गते, बुधबार

सिन्धुली जिल्लाकाे हरिहरपुरगढी गाउँपालिका वडा नं ५ वाेटेनीमा हिजो( मंगलबार) गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाकाे प्रमुख आतिथ्यतामा नेपाल माझी उत्थान संघकाे आयोजना र हरिहरपुरगढी गाउँपालिकाकाे आर्थिक सहयोगमा १५ औँ माझी समुदायहरुकाे राष्ट्रिय पर्व काेशी (लदी) पुजाकाे अवसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपलिकाका अध्यक्ष वज्रध्वज वाइबाज्यूले माझी नेपालको अतिसिमान्तकृत जनजाति भएकोले संरक्षणको लागि गाउँपालिकाले सहयोग गर्दै आएको बताउनुभयो ।

आफ्नो जाती,धर्म,सँस्कृति,भेषाभुषा जोगाइराख्न स्वयम् समुदायनै सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कसैको आसामा बसेर माझी समुदायको मुख्य पुख्र्यौली परम्परा नजोगिने समेत बताउनुभयो ।

वडा नं ५ का वडा अध्यक्ष साइला लामाको अध्यक्षता भएको कार्यक्रममा वडाका सम्पूर्ण वडा सदस्यहरु, वडा नम्बर ८ का वडा अध्यक्ष धनबहादुर मोक्तान,नेपाल माझी उत्थान संघ सिन्धुलीका सचिव झलक माझी लगायतको उपस्थिती थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon