९९औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा रामेछापमा भित्तेपात्रो विमोचन तथा साधारण सभा सम्पन्न,

२०८३ बैशाख १३ गते, आईतवार

रामेछाप ।

९९औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (NFPJ) रामेछाप शाखाले पहिलो वार्षिक साधारण सभा तथा भित्तेपात्रो २०८३ विमोचन कार्यक्रम सम्पन्न गरेको छ।

आज (आइतबार) मन्थली नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा फोटो पत्रकारिता क्षेत्रको विकास, पेशागत एकता र संस्थागत सुदृढीकरणबारे छलफल गरिएको थियो।

मन्थली नगरपालिकाका नगर प्रमुखको प्रमुख आतिथ्यता तथा राष्ट्रिय फोटो पत्रकार समूह, रामेछाप शाखाका अध्यक्ष मिलन घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष दिपक कुमार घिमिरेसहित जिल्लाभरका सञ्चारकर्मी तथा मिडियाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकारिता दिवस–२०८३ को सन्दर्भ पारेर भित्तेपात्रो २०८३ सार्वजनिक गरिएको थियो भने संस्थाको पहिलो वार्षिक साधारण सभा पनि सम्पन्न गरिएको थियो।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon