राष्ट्र सेवक कर्मचारी सहकारीको स्थापना दिवसमा ३० जनाले गरे रक्तदान,

२०८३ भाद्र २५ गते, बिहीबार

रामेछाप ।

राष्ट्र सेवक कर्मचारी सहकारी संस्था लिमिटेड रामेछापले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान तथा सहकारी शिक्षा र वित्तीय अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष घना श्रेष्ठको अध्यक्षतामा बिहीबार आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी शाखा रामेछाप–मन्थलीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा सहभागी ३० जना रक्तदातालाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा सहकारी शिक्षा तथा संस्थाको वित्तीय अवस्थाका विषयमा अन्तरक्रिया समेत गरिएको थियो। संस्थाको विकास, प्रगति तथा सामाजिक उत्तरदायित्वमा योगदान पुर्‍याउने रामेछाप नगरपालिका–८ निवासी कृष्णबहादुर भुजेललाई प्रशंसा–पत्र प्रदान गरिएको  थियोे ।

कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लब श्री न्यौपाने प्रमुख अतिथि तथा उपप्रमुख बालकुमारी कार्की विशिष्ट अतिथिका रूपमा सहभागी  हुनुभएको थियोे । निमित्त प्रमुख प्रशासकीय अधिकृत सुन्दर थापा, संस्थाका शेयर सदस्य, सञ्चालक समिति तथा उपसमितिका पदाधिकारीहरूको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घना श्रेष्ठले सहकारीको विकाससँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आगामी दिनमा संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउने बताउनु भयो । उहाँले  रक्तदानजस्ता सामाजिक कार्यले समुदायप्रतिको सहकारीको जिम्मेवारीलाई थप मजबुत बनाउने धारणा राख्नुभयाे ।
‎
‎कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुन्दर थापा, उपप्रमुख बालकुमारी कार्की र नगरप्रमुख लब श्री न्यौपानेले पनि शुभकामना मन्तव्य राख्नुभएकाे थियाे भने संस्थाको वित्तीय अवस्था तथा गतिविधिबारे कोषाध्यक्ष नारायण कार्कीले जानकारी गराउनु भएको  थियाे ।

कार्यक्रमका अवसरमा RBPW का सचिव अपना श्रेष्ठले संस्थाको स्थापना दिवसको अवसरमा सौजन्यस्वरूप सञ्चालक समिति तथा उपस्थितभएका  पदाधिकारीहरूलाई सेतो रङका टिसर्ट नि शुल्क उपलब्ध गराउनु भएको  थियाे ।

संस्थाकाे ऋण उपसमितिका सदस्य  बिन्दा मगरले स्वागत मन्तव्य सहित कार्यक्रमकाे उदेश्यकाे बारेमा जानकारी गराउनु भएको  थियोे भने कार्यक्रमको सञ्चालन कानुनी सहजकर्ता  तथा संचालक समितिका सदस्य बिन्दा मगरले गर्नुभएको थियोे ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon