म एक्लै
२०७९ फाल्गुन ५ गते, शुक्रबार
खै किन हो , म एक्लै टोलाउँछु ,,
घामको किरण हेरेर तेसैमा हराउँछु ,
जुनको ज्योति देखेर तेसैमा रमाउँछु ,
म आफैंसङ्ग गफ गर्दै ,आफैंमा हराउँछु,
आशाको नयाँ दिपक जलाउँछु,
म आफैं हौसला दिँदै ,आफैंलाई हिंडाउँछु,
आफैंसङ्ग हाँस्दै आफैंलाई बोलाउँछु,
आफैं रुँदै आफैंलाई फकाउँछु,
म आफैंसङ्ग रिसाउँदै , आफैंलाई मनाउँछु,
अनि बाहिरी दुनियाँ हेरि एक्लै टोलाउँछु।
मानुषी कोइराला , झापा







