रामेछाप नगरपालिकाका कर्मचारीहरुले गरे बिराेध कार्यक्रम
मंगलबार (आज) रामेछाप नगरपालिकाकाे कार्यालयमा कार्यरत कर्मचारीहरुद्वारा आउदै गरेकाे सघिय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुका लागि राज्यले विभेद गरेकाेले प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरे मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समक्ष कालाे पट्टी बाधेर,ब्यानर टाँसी विराेधका कार्यक्रमहरु गरेका हुन्

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आव्हानमा उनिहरुले विरोध जनाएका हुन । संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरूको गुनासो छ । स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनैपनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग कर्मचारीहरुको छ ।







