रामेछापकाे मन्थलीबाट चाेरीकाे आराेपमा युवक पक्राउ

२०८० आश्विन १७ गते, बुधबार

रामेछापकाे मन्थली नगरपालिका वडा नं १ निवासी प्रदिप भुजेल र रमेश भुजेलले चोरी गरेको ट्रयाक्टरको पार्टपुर्जाहरु कवाडी पसलमा बेच्न लागेको अवस्थामा प्रदीपलार्ई रामेछाप जिल्ला प्रहरीले नियन्त्रणमा लिएको थियो भने रमेश फरार रहेका छन् । फरार रहेका उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

असोज १५ गते मन्थली बजारमा रहेको आर के वर्कसपबाट ट्रयाक्टरको हाईड्रोलिकमा प्रयोग हुने डिस्टीब्युटर २ थान, गियर सापट ५ दाँते ३ थान, काउन्टर गियर १ थान, गियर बक्स हन्डी ३ थान, फोरहुईल सपोट १ थान, फोरहुईल ढिका १ थान र पत्ता १ थान सहित ट्रयाक्टरका पार्ट पुर्जासम्बन्धि मानसामानहरु चोरी गरेका थिए ।

पक्राउ परेका प्रदिपलाई भने चोरी कसुरमा जिल्ला अदालत रामेछापबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon