रामेछाप नगरपालिकामा गरे कर्मचारीहरुले तालाबन्दी

२०८० आश्विन २३ गते, मंगलवार

मिति २०८०/०६/२३ गते रामेछाप नगरपालिका रामेछाप,बजारमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आज १० औ दिनकाे दिन कार्यालयकाे ढाेकामा तालाबन्दी गरि दैनिक कामकाज ठप्प पारेका छन । शान्तिपूर्ण ढंगबाट नाराजुलुसका साथ एकीकृत निजामती ऐन लागू गर्नु पर्ने,७५३ वटै स्थानीय तहमा चक्रिय प्रणालीकाे माध्यमबाट कर्मचारी सरुवा हुनु पर्ने,साविक स्थानीय निकाय जस्तै साविक जि वि स, गा, वि स,घरेलु तथा साना उद्योग विकास समितिबाट समायाेजन भएको कर्मचारीहरुकाे जुनसुकै तह र पदमा खाेलियकाे बिज्ञापनमा भाग लिदा उमेरकाे हदबन्दी हटाउनु पर्ने । करारका कर्मचारीहरुकाे उचित ब्यबस्थापन गर्नु पर्ने,कर्मचारी कल्याण काेषकाे ब्यवस्थापन गर्नु पर्ने,निजामती अस्पतालबाट उपचारकाे क्रममा निजामती कर्मचारी साे सरह सुबिधा पाउनु पर्ने स्थानिय तहबाटै प्रमुख प्रशासकीय अधिकृतकाे ब्यबस्थापन गर्नु पर्ने घाइते कर्मचारीहरुकाे निशुल्क उपचारकाे ब्यवस्थापन गरि क्षेतिपुर्ति ब्यहाेरनु पर्ने ,जस्ता मागहरु राखिएको छ । यदि सरकारले कर्मचारीहरुकाे माग पूरा नगरेमा आन्दोलन निरन्तर जारि रहने,जस्तोसुकै मूल्य चुकाउनु परेपनि कर्मचारी पछि नहट्ने अडान राखिएको छ । कार्यक्रमकाे अबस्था हेर्दा सरकारले यथाशीघ्र कर्मचारीकाे माग सम्वाेधन नगरेमा देश र नागरिकहरुलाई ठुलाे क्षेती पुग्ने देखिन्छ ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon