रामेछाप बिजनेस एण्ड प्राेफेसनल वमेन (RBPW) काे १८ औ बार्षिक साधारण सभा सम्पन्न

२०८० पुष ७ गते, शनिबार

रामेछाप बिजनेस एण्ड प्राेफेसनल वमेन (RBPW) काे १८ औ बार्षिक साधारण सभा सँस्थाका अध्यक्ष चन्द्रा खड्काकाे अध्यक्षतामा सम्पन्न भएको हाे । प्रमुख अतिथि रामेछाप नगरपालिकाकाे उप-प्रमुख बाल कुमारी कार्की थापा, बिशिष्ठ अतिथि फेडरेशन अफ बिजनेस एण्ड प्राेफेसनल वमेन नेपालका महासचिव मँगला कार्जित हुनुहुन्थ्याे अतिथिमा रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ हुनुहुन्थ्यो भने सँस्थाका सम्पूर्ण पदाधिकारीहरुकाे उपस्थितिमा साधारणसभा सम्पन्न भएको थियोे ।

सँस्थाका सचिव अपना कुमारी श्रेष्ठले बार्षिक प्रगति,चालू आर्थिक बर्षकाे कार्यक्रम र आगामी बर्षहरुमा सँस्थाले गर्ने कार्यक्रमहरुकाे बारेमा प्रतिबेदन प्रस्तुति गर्नु भएकाे थियो ।सँस्थाका काेषाध्यक्ष बेलि तामाङले गत बर्षकाे यथार्थ आम्दानी र खर्च,चालू आ.ब.काे संशाेधित बजेट तथा कार्यक्रम र आगामी आ.ब.काे प्रस्तावित बजेट तथा कार्यक्रमहरु रु ७०००००/ काे पेश गर्नु भयकाे थियाे

। कार्यक्रममा उपस्थित पाहुनाहरुलाई फुलमालाबाट स्वागत लक्ष्मि घिसिङ र साबित्रा कार्कीले गर्नु भएकाे थियो भने कार्यक्रममा शब्दद्रारा सँस्थाका उपाध्यक्ष साबित्रा खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

शुभकामना मन्तब्य पुर्व अध्यक्ष अप्सरा कार्की ,वडाअध्यक्ष सन्ताेष तामाङ,फेडरेसनका महासचिव मगला कारजित,उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि बाल कुमारी कार्कीले राख्नुभएको थियो ।

कार्यक्रममा सँस्थाकाे हितमा आबश्यक सहयाेग गर्ने र महिला तथा बालबालिकाकाे क्षेत्रमा पैरवि चेतनामूलक सडक नाटक जस्ता कार्यमा उत्कृष्ट कार्य गर्नुहुने पुर्वअध्यक्ष घना माया श्रेष्ठ प्रमाणपत्र,दाेसल्ला सहित सम्मानित हुनुभएको छ

त्यसैगरी FBPWN का महासचिव कार्यक्रमकाे बिशिष्ठ अतिथि मगला कार्जित र प्रमुख अतिथि रामेछाप नगरपालिका उपप्रमुख बाल कुमारी कार्की थापालाई सँस्थाका अध्यक्ष चन्द्रा खड्काले माया को चिनाे द्वारा सम्मानित गरेको थियो ।

सँस्थाकाे बर्तमान अबस्थाकाे बारेमा र आगामी दिनमा सस्थाले गर्नु पर्ने कार्यकाे सन्दर्भमा सहजिकरण पुर्वअध्यक्ष अप्सरा कार्की ज्युले गर्नु भयाे भने अतिथि पाहुनाहरुले सस्थालाई निरन्तर साथ सहयाेग गर्ने प्रतिबद्धता गर्नु भयो ।

सस्थाले आगामी दिनमा महिलाहरुकाे हकअधिकार,पहुँच जल,जगल र जमिन माथि हुनेछ । महिलाहरु आर्थिक क्षेत्रमा अघिबढि केही प्रतिशत सामाजिक क्षेत्रमा लगानी गर्ने र ब्याबसायिक रुपमा सीप ,र क्षमतालाई प्रयाेगमा ल्याउने र महिला र बालबालिकाकाे क्षेत्रमा निरन्तर कार्यक्रमहरु सचालन गर्ने कुरा सचिबकाे प्रतिबेदन,अतिथि पाहुना र उपस्थित पदाधिकारीहरुबाट प्राप्त सल्लाह,सुझाबलाई सस्थाले ग्रहण गर्ने कुरा कार्यक्रमका सहजिकरण तथा सचिब अपना कुमारी श्रेष्ठले बताउनु भयाे ।

कार्यक्रममा उपस्थिति सबैलाई हार्दिक धन्यवाद दिदै आफ्ना महत्त्वपूर्ण भनाईहरु राख्दै आवश्यक निर्देशन सहित यस कार्यक्रमका अध्यक्ष चन्द्रा खड्काले कार्यक्रमकाे समापन गर्नुभएकाे थियो ।

सम्बन्धित खबर

2026 Copyrights Reserved @ Dristicon